३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
अपाङ्ग छु तर म भित्रको प्रतिभाले केहि गर भनेर उकुस मुकुस पार्छ -गणेश बुढा मगर

Janata Bulletin बिहिबार, फाल्गुण ०१, २०७६ मा प्रकाशित

featured photo: Janata Bulletin

प्रिया स्मृती गजमेर ,दाङ्ग / जन्मदै शारीरिक अपांग जन्मिएका २४ बर्षिय गणेश बुढा मगर यताउता हिड डुल गर्नु पर्यो भने बैशाखीको साहारा लिने गर्दछन ।

उनको उचाई ३४ इन्च छ भने तौल २० केजीको रहेको छ । तर उनीमा हिम्मत भने संसार चुम्ने रहेको बताउछन । २०५२ साल रुकुम जाङ्ग भन्ने ठाउँमा बुवा सुक बहादुर र आमा धनपुरा बुढा मगरको कान्छो छोराको रुपमा जन्मिएका गणेशले २०७२ सालमा प्लस टु पास गरे र उच्च शिक्षा पढ्नका लागि रुकुमबाट बुटवल तिर गएको बताए ।

उनै बुढा यति बेला दाङ्गको लमहीमा चलिरहेको महोत्सवमा आई पुगेका छन । गणेशले लिपुलेख कालापानी नामक टेली फिल्ममा पनि अभिनय गरेको बताए । उक्त फिल्ममा छोराको भूमिकामा उनले अभिनय गरेका छन् ।

उनि भन्छन अपाङ्ग छु तर म भित्र भएको प्रतिभाले केहि गर भनेर उकुस मुकुस पार्छ । केहि संघ संस्थाले मेला महोत्सबमा उनलाई प्रयोग गरेर आर्थिक कुम्लाएर सम्पर्क बिहिन भएको गुनासो सुनाए । अब त्यस्ता संघ संस्थाको भर बिस्वास पर्दैन बरु आफै केहि गर्छु भन्ने गणेशमा आंट पलाएको छ ।

पछिल्लो समय उनीमा चलचित्र निर्माण गर्ने सपना पलाएको छ र यसका लागि उनि योजना बुनेर आर्थिक संकलन गर्नका लागि जुटेका छन् । चलचित्रको नाम पनि टुंगो लागि सकेको र त्यसका लागि कथाबस्तु पनि अन्तिम चरणमा पुगेको उनको भनाई छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]