०४ जेठ २०७८, मंगलबार
Close
बिज्ञापन
मलाई मेरो आंखा र ओंठ एकदमै मनपर्छ – मोडल मन्जिता के.शी ।

जनता बुलेटिन बुटवल शनिबार, फाल्गुण ०३, २०७६ मा प्रकाशित

featured photo: Janata Bulletin

जनता बुलेटिन बुटवल –
मोडल मन्जिता केसी नेपाली गितसंगितको क्षेत्रमा चलेको सवैले रुचाएको अनुहार हो । २०६८ साल माघ महिनादेखि नेपाली सांगितीक क्षेत्रमा प्रवेश गरेकी मन्जिताले अहिलेसम्म केही चलचित्र र लगभग ६०० म्युजिक भिडीयोमा काम गरिन ।
बाबा महेश कटवाल र आमा लक्ष्मी कटवालको कोखबाट जनकपुर अंचलको लालबन्दी सर्लाहीमा जन्मिएकी हुन मन्जिता । स्कुले बेला देखि नाच्ने स्वभाव ,अरु बच्चा जस्तै सरल नहिडने । स्कुलबाट फर्कदा पनि नाच्दै नाच्दै हिडने स्वभावकी थिईन, आफुले यस मानेमा पनि भाग्यमानी ठान्छिन , उनको लागी कलाकारिता क्षेत्रको एउटा खुटकिला बन्यो रेखा थापाको फिल्म लंका ।
सवैका आफनै आफनै स्वभाव हुन्छन गोप्य कुरा हुन्छन उनका पनि केहि गोप्य कुरा हामी खोतल्ने कोसिस गरेका छौं ।
उनै चर्चित मोडल मन्जिता केसीसंगको अन्तरंग कुराकानी हेरौं जनता बलुेटिनको विशेष स्तम्भमा ।

सन्चै हुनुहुन्छ ?
संचै छु ।

कसरी वितीरहेका छन दिनहरु ?
आजभोली आफनै विजनेश व्यापारमा विजी छु , फुर्सदको समय केहि म्युजिक भिडीयो अनि टिकटक संगै वितीरहेका छन ।

कसरी सुरु भयोे मोडलिंग यात्रा ?
सानैदेखिको मोडल बन्ने रहर , लंका चलचित्रको सानो रोल बाट अफर आयो जुन सर्लाहीमै सुटिंग भएको थियो । सानो रोल छ गर्छौ र भन्दा चलचित्रमै अभिनय गर्न पाएपछि किन नगर्नुृ ? हुन्छ भनें , अनि त्यो चलचित्रबाट अभिनय सुरु गरें । त्यसपछि म्युजिक भिडीयो खेल्नको लागी अफर आयो अनि म्युजिक भिडीयोको लागी काठमाडौ आएं पहिलो गित राम्रै पाएं राम्रै चलेका कलाकार विष्णु माझी र खुमन अधिकारीको गित धर्ती गोलो भन्ने गितमा अभिनय गरें गित पनि राम्रै चल्यो यसरी सुरु भयो मेरो कलाकारिता यात्रा ।।

किन लाग्नुभयो म्युजिक भिडीयोतिर चलचित्र छाडेर ,चलचित्रमा अफर नआएर कि ?
गरेंनि ३ वटा चलचित्र । एउटा चलचित्र रिलीज भयो फिलीम हलसंगै युटयुवमा पनि च्याम्पियन भन्ने चलचित्र आईसेकेको छ २ वटा मुभी आउनेक्रममा छन तर डेट फिक्स छैन । पहिला पहिला धेरै चलचित्रमा अफर आयो ,मैले चाहिं आफनो चित्त बुभ्दो क्यारेक्टर नआएकोले चलचित्र नगरेको हो ।

एक लेडिज मोडल भएर यो क्षेत्रमा रहन कत्तिको गाह्रो छ ?
अं ,एउटा लेडिज मान्छे यो फिल्डमा
स्ट्रगल गर्दै काम गर्नु चाहिं गाह्रै छ तर पनि हरेक कुरा आफु गुना हुन्छ ,राम्रै गर्दै गयो भने सहज पनि हुन्छ ।

अहिलेसम्म कतिवटा गितमा अभिनय गर्नुभयो ?
अहिले सम्म ५०० देखि ६०० को विचमा भिडीयो गरें ।

अहिलेसम्म स्टेज कार्यक्रमको लागी कति देश यात्रा गर्नुभयो ?
नेपालका लगभग धेरै ठाउमा गैसकेको छु , अनि विदेश चाहिं मलेसिया र कतार गएको छु ।

स्टेजमा चढिसकेपछि सवैभन्दा धेरै ध्यान के मा जादो रैछ नि ?
धेरै कुरामा ध्यान जान्छ नि , स्टेज चढेपछि ड्रेसअप , आफनो प्रस्तुती अनि हेर्ने अडियन्स कत्तिको छन, कस्तो छन त्यसमा पनि ध्यान पुग्छ ।

विवाहको बारेमा बोल्नुदिनुस न ?
विवाह गरेको छैन , अव विस्तारै सोच्नुपर्ला । हा.. हा ..

रिस कत्तिको उठछ , एकदमै रिस उठदा के गर्नुहुन्छ ?
म रिसाउछु पनि त्यो मेरो नराम्रो हयाविट भनौं न ..एकदमै छिटो रिस उठछ तर एकदमै छिटो कुल पनि भै हाल्छु । एकदमै रिस उठदा खेरी चाहिं ….बाथरुममा गएर चिसो पानी टाउकैदेखि खन्याएर बस्छु ।

एकदमै मन दुख्यो भने के गर्नुहुन्छ ?
म एकदमै मन दुख्दा आफनो कोठामा ढोका थुनेर बेसरी रुन्छु ।

जिवनमा आफुले चाहेर नपाएको चिज ?
जिवनमा चाहेर नपाएका चिजहरु धेरै छन ।

जिन्दगीदेखि कहिलेकाहिं दिक्क लागेको बेला के गरु जस्तो लाउछ ?
मलाई एकदमै दिक्क लागेको बेला लंग टुर जाउ जस्तो लाग्छ , डाडाकांडा चिसो मौसममा गएर त्यहि हराउं जस्तो लाग्छ ,त्यो पनि एक्लै ।

आफुले सवैभन्दा मायां गर्ने व्यक्ति ?
मैले एकदमै मायां गर्ने मान्छे मेरो मम्मि । मेरो बाबा हुनुहन्न त्यसपछि मेरो परिवार अनि त्यो बाहेक स्पेशल मैले मायां गर्ने व्यक्ति अझै भेटाएको छैन ।

आफनो शरिरको सवैभन्दा मनपर्ने चिज ?
मलाई मेरो आंखा र ओंठ एकदमै मनपर्छ ।

मोडलिंग यात्रामा घटेको कुनै त्यस्तो घटना जो अविस्मरणीय छ ?
त्यस्तो छैन मेरो लाईफमा ।

मोडलिंग बाहेक अर्को अरुले थाहा नपाएको १ गोप्य कुरा ?
मोडलिंग बाहेक मलाई मनपर्ने विजनेश भईहाल्यो , हाहा ..गोप्य कुरा भन्दा चाहिं मलाई तास खेल्न मन पर्छ रमाईलोको लागी ।

सवैभन्दा आनन्दित कुन चिजले गराउछ तपाईलाई ?
सवैभन्दा आनन्द लाग्ने भनेको त जो कोहीलाई पनि आफुले चाहेको चिज पुरा हुदा खेरी हुन्छ र मलाई पनि आफुले गरेको म्युजिक भिडीयो उत्कृष्ट बन्दा , अनि श्रोता दर्शकले तपाईको मोडलिंग मनपर्छ भनेर कमेण्ट गर्दा त्यो सुन्दा आफुलाई आनन्द लाग्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
हजुरलाई धन्यावाद, अनि जनता बुलेटिन होल युनिटलाई यति लामो समय पछि भलाकुसारी गर्ने मौका दिनुभयो ,र दर्शकहरुलाई धन्यावाद दिन चाहन्छु किनकी उहांहरुको मायां कै कारण मंजिता भनेर चिनिने मौका पाको छु , मैले टिकटक गरिरहंदा कैले आउछ हजुरको भिडीयो भनेर सोधीरहनुहुन्छ खोजिरहनु हुन्छ जसको कारण अझै केहि गर्नुपर्छ भन्ने सोंच आउछ ,उर्जा आउछ । त्यसैले मेरो प्रगतिको श्रेय उहांहरुलाई दिदै धन्यावाद भन्न चाहन्छु ।


सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]