०९ बैशाख २०७८, बिहिबार
Close
बिज्ञापन
प्रदेश नं. ५ मै प्रथम बन्यो अर्घाखाँचीको ज्ञान प्रकाश मावि सल्ल्किोट

जनता बुलेटिन सोमबार, फाल्गुण ०५, २०७६ मा प्रकाशित

featured photo: Janata Bulletin

विक्रम पाण्डे,
फाल्गनु ०५ , अर्घाखाँची –
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं.१२ मा रहेको ज्ञान प्रकाश माध्यमिक विद्यालयले प्रदेश नं. ५ स्तरीय निबन्ध प्रतियोगिततामा प्रथम स्थान प्राप्त गरेको छ ।
५ नं.प्रदेश, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलद्वारा लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियानको अवसरमा आयोजित “लैङ्गिक हिंसाका कारणहरु र निवारणका उपायहरु “ विषयक माध्यमिक तह प्रदेश स्तरीय निबन्ध लेखन प्रतियोगितामा विद्यालय प्रथम हुन सफल भएको हो ।
प्रदेश नं. ५ का १२ जिल्लाका प्रतिष्पर्धी विद्यार्थीहरुलाई पछि पार्दै अर्घाखाँची जिल्ला सन्धिखर्क १२ ज्ञान प्रकाश मावि सल्लिाकोट कक्षा ११ मा अध्ययन गर्ने सुवास श्रेष्ठ प्रदेश प्रथम हुन सफल भएका हुन् ।
सफल विद्यार्थीलाई आज एक कार्यक्रम विच विद्यालयले सम्मान समेत गरेको छ । सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यपक सुर्य बहादुर खनालले शिक्षक , अभिभावक र शिक्षकको अतुलनिय सहयोग र मिहिनेतका कारण सफलता प्राप्त गर्न सफल भएको बताउनु भयो ।
उहाँले भन्नुभयो , सुवास भाईले आप्ःनो विद्यालयको मात्र होइन , जिल्ला मात्रको होइन सम्पुर्ण प्रदेशमै आप्ःनो नाम रोसन गरेका छन् , यो हाम्रो लागी गौरवको कुरा हो । प्र अ खनालले आप्ःनो बाल्यकालको इतिहासलाई स्मरण गर्दै भन्नुभयो , म सानो छँदा निबन्ध प्रतियोगितामै जिल्ला तृतीय भएको थिएँ , त्यस पछि हाम्रै विद्यालयमा धेरै वर्ष पहिले अध्ययन गर्ने कृष्ण कुमार बस्याल निबन्ध प्रतियोगितामै नेपाल तृृतीय हुनु भएको थियो, आज भाई सुवासले यहि विद्यालयबाट प्रदेश नं. ५ मै प्रथम स्थान प्राप्त गरीरहँदा निकै खुसी र अझ बढि जिम्मेवारी बढेको बताउनु भयो ।
त्यस्तै सहायक प्र अ दुर्गा प्रसाद बस्यालले सबै विद्यार्थिको प्रेरणाको श्रोत सुवास भएको बताउँदै अन्य विद्यार्थीहलाई पनि निरन्तर रुपमा अध्ययन र लगनशिल भएर अगाडी बढ्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा आप्ःनो मन्तब्य राख्दै भन्नुभयो , “प्रथम हुन सफल सुवास श्रेष्ठले आप्नो मिहिनेत र परीश्रम तथा शिक्षकहरुको साथ सहयोगले गर्दा आज सफल भएको छु । यो मेरो जिवनको अहिले सम्मको सबैभन्दा ठुलो पुरस्कार हो , यो सफलताले अझै बढि जोस ,जाँगर र उत्साह थपेको छ । “
जिल्लामै नमुना विद्यालयको उपमा पाएको विद्यालयले जिल्लामा हुने गरेका हरेक प्रतियोगितामा आप्ःनो उत्कृष्ठता हासिल गर्दै आएको छ । वि.स. २०१६ सालमा स्थापना भएको विद्यालयमा हाल ७ सय जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । कक्षा १२ सम्म अध्ययन हुने यस विद्यालयमा अङग्रेजी र नेपाली दुबै माध्यममा अध्ययन , अध्ययापन हुन्छ । सम्मान कार्यक्रमको संचालन चिरन्जीवी भुसाललको रहेको थियो ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]