०६ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
मेरो बाल्यबस्था र बुबाको संघर्ष

जनता बुलेटिन शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

निरु आचार्य “नवरश्मी ” –
नौ महिना गर्वमा ,छ महिना काखमा र जिन्दगीभर मनमा राख्ने आमाहरुप्रती हामी चर्चा गरिरहेका हुन्छौं तर नदेखिने ति बुबाहरुका भूमिका गुमनाम रहेका हुन्छन् ।सधै देखिने खालका आमाहरुसङ्गका सम्बन्धहरु र भौतिक दुरि कायम गरेका बुबा संगका सम्बन्धहरु हामी फरक तरिकाले ब्याख्या गर्दछौं ।जुनसुकै छोराछोरीले आफ्ना सुखदुःख आमासङग साट्न सहज मानेता पनि कुनचाही बाबुको मन छोराछोरीसङ्ग नजिक हुन खोज्दैन होला र ? प्रायजसो छोराहरु कहिकतै हिड्दा वुबासङ्गका सम्बन्धहरुलाइ” दुधसङ्ग भात खादा निस्तै खाएजस्तो ” बुबासङ्ग हिड्दा एक्लै हिडेजस्तै हुने अभिब्यक्तीहरु ब्यक्त हुदा कुन चाही बुबाको मन अमिलो नहोला र ? . घरमा छोराको आशा गरेर पाचौं सन्तान छोरीको रुपमा म जन्मिदा केहि आम्शिक खुसी घरमा त भित्रीएको होला तर समाजमा नाक खुम्चाउनेको जमात नि दरिलो थियो ।जब हामी हुर्किदै ,बढ्दै गयौं ,म पछि पनि बहिनी जन्मिदा आमालाई शारीरिक पिडा त कति थियो कति तर बुबालाई मानसिक पिडासंगै सामाजिक उत्तरदायित्व बहन गर्दै आर्थिक भारले थिचोलिरहेको थियो।बहिनी पनि हुर्कदै गइ र केहि बर्षपछि इश्वरको वरदानको रुपमा घरमा सातौं सन्तानको रुपमा भाइको आगमन भयो ।त्यो प्रसव पिडाले पिल्सिएकी मेरि आमा र छोरा जन्मेकोमा छतल्किएका ति खुसिका ज्वारभाटाहरु घर वरिपरि बलिरहेका थिए ।कसै कसैले धारे हात लगाउदा ,छोराको अपुताली गएकी आइमाई भनेर आमालाई सरापिरहदा ति मनभित्र पोलेका ,बल्किएका बुबाआमाका पिडालाई भाइको आगमनले रोकिदिएको थियो र समाजमा हार्दिकताका साथ अगाडि बढन उत्प्रेरणा मिलेको थियो । .सातवटा सन्तानहरु हुर्काउने ,बढाउने शिलशिलामा कति धेरै दुख ,पिडा अभावहरु आए होलान तर जतिसुकै बाधा ,अप्ठ्याराहरुको बाबजुदपनि बुबाले छोराछोरीको शिक्षा ,स्वास्थमा कतिपनि नहिचकिचाइकन अघि बढेर लागिरहनुभयो । तिमिहरु छोरि हौं र यो छोरा हो भनेर कहिल्लै पनि बिभेदको भावना नदेखाइ समान व्यबहार देखाइ हुर्काउनुभयो र हामी पनि छोरी संगै छोराको भुमिका निभाउदै अघि बढीरह्यौ । संगै बाजो खन्ने देखी लिएर भारी बोकेर कयौं दुरि बुबासंगै हिडेका कयौं क्षणहरु आजपनि मेरो मानसपटलमा ताजा बनेर आइरहन्छ्न । . हाम्रो शिक्षाको लागी बुबाले कैयौं भारी बोक्नुभयो ,कयौं हातका फोरा फुटाउनुभयो ,कति पसिनाको खोला बगाउनुभयो ,कयौ चोटि खुट्टामा काडा बिझाउनुभयो ,कति छाक भोकै सुत्नुभयो ,कयौं चोटि भोको पेटमा पटुकि कसेर उकाली ,ओरालि र लेखबेसि धाउनुभयो ,कयौं रात छोराछोरीको भविस्यको लागी निदाउनुभएन ,टाउकोमा भएका कपालका रौहरु हाम्रै भविस्यको लागी ,हाम्रै प्रगती ,उन्नतीको लागी खुइलाउनुभयो तर कैले पनि आफ्नो स्वाभिमान बेच्नुभएन ,इज्जत बेच्नु भएन ,मान प्रतिस्ठा बेच्नुभएन , आफ्नो सिर कहिले डगमगाउन दिनुभएन ,अझै कति कति ….म सब्दमा बयान गर्न सक्दिन । .हो ..मैले आज सम्घर्ष गर्न ,एक छाक खादापनि खुसी हुन ,भोको पेटमा पटुकि कस्न ,दुख पिडामा पनि रमाउन हजुरबाट सिकेकी हु बुबा । बिगतलाई सम्झिदा ,ति हजुरले गरेका सम्घर्ष भित्र भित्रै मन भरिएर आउछ बुबा । म त केहि होइन हजुरको अगाडि बस …त्यो उचो सिर सदा स्थिर राख्न सकु ,धनसम्पतीलाई सम्बन्ध सङ्ग नजोड्न हजुर बाटनै सिकेकी हु र सदा असल सन्तान भएर हजुरको अगाडि उभिन पाउ ,सदा मेरो सिर झिकाउन पाउ र हजुरको छोरी भएर सदासर्बदा गर्व गर्न पाउ । .विभिन्न समयमा आमासङ्ग सम्बन्धित भावनाहरु व्यक्त हुदा कयौं छोराछोरीहरुका आखा रसाउछ्न ति सब पारदर्शी चिजहरु हुन् तर आज बुबा तपाईंको बारेमा दुई सब्द कोर्ने जमर्को गर्दा मेरा आखाबाट टलबलाउदै झरेका यि आसुहरुले कलमको मसिलाइ पुछिदिदा कति सब्दहरु प्रष्ट पार्न सकिन । मलाई त कहिले काही यस्तो लाग्छ …बुबाका भुमिकाहरु सब्दमा नअट्ने भएर होला साहित्य तथा विभिन्न सभा समारोहमा बुबाहरुको गुनगान कम पाउने गरिन्छ । . यि माथिका हरफहरु पढ्दा यस्तो लाग्न सक्छ ..कहि कतै धरती समान आमाहरुको सम्मानमा चोट पुग्यो कि भन्ने ,आमा तथा नारिको भूमिका समाजमा देखिने खालको हुदा त्यसको चर्चा तथा परिचर्चा गर्न सकिन्छ तर कयौं नदेखिने भुमिकामा रहनुभएका सम्पुर्ण बुबाहरु मेरो नमन

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]