०४ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
सरलता र सहजता,जीवन जिउने उत्तम कला

जनता बुलेटिन आइतबार, आश्विन २५, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

मानवले जीवनमा विभिन्न उदारचढाब र परिस्थिति झेल्नुपरेको हुन्छ । कतिपय मानिसले ती परिस्थिति र उदारचढावमा समान रहेर यात्रा गर्न नसक्दा मानिस आफ्नो गन्तव्यलाई भेटाउन सक्दैनन् । आफुभित्रका स्वभाविक गुणलाई पनि मानिसले सहज ढंगले नलिग्दा अफ्ट्यारो परिरहेका हुन्छन् । सरलता र सहजताको रहस्यलाई नचिन्दा मानिसहरू अनावश्यक समस्यामा गुज्रिरहेका हुन्छन् । आफ्नो पन र आफ्नो स्वभाविक गुणलाई सहजै स्विकार्दै अघि बढिरहनु सहज जीवनको माध्यम हो । कतै एउटा गाउँ नजिकै घनाजङ्गल थियोे । त्यहाँ अनेकौं जनावर र चराचुरुङ्गी बस्थे । एउटा लाटोकोसरो पनि आफ्नो परिवार साथ गुँड बनाएर त्यही बस्थ्यो । जङ्गलका सबै पशुपक्षी उसलाई अत्यन्त अशुभ मान्थे । त्यसैले उसलाई कसैलेपनि आफ्नो नजिक आउन दिदैनथ्ये । उसले बोल्न साथ सबैले सबैले उसलाई बेस्सरी गाली गर्थे र सकभर भगाउने प्रयत्न गर्थे । उ नजिकैको मानव बस्तीतिर पनि जान सक्दैनथ्यो ।

मानिसले पनि उसलाई मन पराउदैनथे । प्राय रातको समयमा बोल्ने लाटोकेसेरोको आवाज सुनेपछि मानिसले पनि उसलाई बेस्सरी गालि गर्थे । कतै देखे ढुंगाले हान्न समेत पछि पर्दैनथे । जङ्गलदेखि मानव बस्ती सम्म यस्तो अपमान हुन थालेपछि लाटोकेसरो निकै दुःखित भयो । उसलाई आफ्नो परिवार लिएर कतै टाढाको अर्कै जङ्गलमा बसाइँसराइ गर्न पाए हुन्थ्यो जस्तो लाग्न थालो । दिनप्रतिदिन उसमा निराशा बढ्दै गयो । नजिकै उसको निकै मिल्ने साथी चमेरो बस्थ्यो । एकदिन उसले चमेरोलाई भेट्यो । अनि उसले भन्यो ( मित्र चमेरो, म त अब यहाँ बस्न नसक्ने भए । जता गएपनी सबैले मलाई खिल्ली उडाउछन् । कसैले पनि मलाई नजिक जान दिदैनन् । मानिसलेत झन् देख्नै सक्दैनन् । अब म परिवार लिएर अन्तै जान्छु । तिमीहरू राम्ररी बस्नु उसको कुरा सुनेपछि चमेरोले सम्झाउदै भन्यो ( मित्र लाटोकेसरो, जहाँ गएपनी परिस्थिति यस्तै हो । आफू जन्मेको ठाउँमा त यस्तो अवस्था छ भने नयाँ ठाउँमा के मात्रै नहोला ? तिमी जहाँ गएपनी तिम्रो आवाज तिमी संगै जाने हो । अनि तिमी त्यहाँ पनि अपमान नै त पाउनेछौ । त्यसैले दुःखित र चिन्तित हुन पर्ने कारण छैन । उनिहरूले तिम्रो निन्दा गर्छन् भने तिमी त्येता तिर ध्यान नदेऊ । आफूले सद्गुण अपनाउ । हामीले पनि हरेक परिस्थितिलाई सहज स्विकार्दै अघि बढ्नुको विकल्प छैन ।

भगवान श्रीकृष्णले गीतामा भन्नुभएको छ –
सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ ।
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।

सुखदुःख , लाभ हानी ,जय पराजय लाई बराबर सम्झेर वा सबै परिस्थितिमा समभाब राखेर निरंतर कर्कब्य कर्म गर्न पर्छ । मानव जीवनमा सुखदुःख हर्ष विषाद, लाभ हानी , जय पराजय ,सफलता विफलता आदि अवस्था बारम्बार आईनैरहन्छन् । जस्तो सुकै परिस्थितिमा पनि मानिसले आफ्नो अवस्थामा बिचलन आउन दिन हुदैन । हरेक परिस्थितिमा समान रहनु पर्छ । आफ्नो कर्तव्य छोडनु हुदैन । अहिले समयको माग यो हो कि मानिसले आफ्नो आन्तरिक शक्तिको विकास र आन्तरिक समस्याको आफैबाट गर्न सक्नुपर्दछ । मानिसले जीवनको सार्थकता, मूल्य र महत्व आफ्नो जीवनमा निरन्तर आत्म विश्लेषण र परीक्षणबाट मात्र स्थापित गराउन सक्दछ किनकी कठिनाइ र समस्याहरुले जीवनको यात्रालाई कठीन बनाउछ तर समाधान आफैबाट खोजिनु पर्दछ ।

यात्रा जति कठीन नै किन नहोस असंभव पक्कै पनि हुदैन परिश्रम, धैर्यता, सहनशीलता समस्याहरुसँग भिड्न सक्ने क्षमता, चुनौतीहरुबीच पनि अवसर देख्न सक्नु व्यावसायिकजीवनका अपरिहार्य विषयहरु हुन् । जसले व्यक्तिलाई व्यवसायिक सफलता प्राप्त गर्नमा सहयोग पुग्दछ । आज मानिस समस्य माथि चिन्ता गर्छन् । चिन्ताले कहिल्यै समाधान हुदैन । चिन्ताले त अस्थिरता मात्र निम्त्याउछ,स्रोत र शक्तिको ह्रास गराउछ। तसर्थ चिन्ता नगर्नुस , शितल हृदयले प्रत्येक समस्यामाथि सोच्नुहोस ,चिन्तन गर्नुस् ,विचार गर्नुस् । समस्याको हल गर्ने उपाय निकाल्नुस् । कुनै पनि यस्तो विषम परिस्थिति छैन , जसको समाधान गर्न नसकियोस् । अत सद्विचारसंगै सरलता र सहजताले सफलताको शिखरमा र्पुयाउछ । अस्तु ।।

( लेखक स्वतन्त्र पत्रकार संघ रूपन्देहीका उपाध्यक्ष हुन ) इमेल : [email protected]

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]