०२ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
दशै भन्दा वित्तिकै मलाई त्यो अतित बल्झिन्छ – गायक रामचन्द्र चन्द

जनता बुलेटिन शुक्रबार, कार्तिक ०७, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

गायक रामचन्द्र चन्द सवै माझ लोक प्रिय गायकको रुपमा छवि बनाएको नाम हो ।
मायां साह्रै छ , लुकी लुकि भेटन आएको , एक्लै हुम्ला म देखि लिएर अध्यारो , गाउतिरै फर्कन्छु , गुल्मीको सान , चाडबाड आउदा लगायतका उनका लोकप्रिय गित हुन ।
राम्रो गायक संगै संगित संयोजन गर्ने खुबि भएका गायक रामचन्द्र चन्द संग जनता बुलेटिनको दशै विशेष पांच प्रश्न ।।

विजया दशमी तथा शुभदिपावलीको हार्दिक मंगलमय शुभकामना संगै हजुरलाई जनता बुलेटिनको पांच प्रश्नमा स्वागत छ ।
-धन्यावाद तपाईको यो सम्पुर्ण टिमलाई पनि विजयादशमी शुभदिपावलीको धेरै धेरै शुभकामना ।

यसपालीको दशैं कहां कसरी मनाउदै हुनुहुन्छ ?
– विविध कारणवस विसम परिस्थिती र समय अनुकुल नहुदै गर्दा पनि सुरक्षित रहदै अहिलेको दशैं जन्मघर गुल्मीको अग्लुंगमै मनाउने प्रयत्न गर्दैछु । यसपालीको दशैं गाउंघरमै साथीसंगीहरुसंगै जुन यो लकडाउन र विशेष गरी यो महामारीको निश्चित मापदण्ड हरु पुरा गर्दै , सुरक्षित रहदै दशै मनाउने क्रममै गाउघरमै छु ।

दशै भन्दा वित्तिकै यहांको दिमागमा के कुरा आउछ ?
– दशै भन्दा वित्तिकै मेरो दिमागमा बालापन नै घुमिरहन्छ कि त्यतिवेलाको जुन रमाईलो र त्यतिवेला सम्भवत मलाई लाग्छ ,बुवा आमाले दिएको खुशी , जुन खुशीमा दशै भन्दा वित्तिकै धेरै कुरा मिसिएका हुन्छन जहां नयां लुगा लगाउन पाईन्छ , साथीसंगीहरुसंग रम्ने रमाउने कुराहरु रहे ,त्यसपछि मिठो खानेकुराहरु , मिठो खाने र राम्रो लुगा लगाउने भन्ने जुन बालापनमा मनस्थितीमा वुवाआमाले छर छिमेकले र त्यहांका वातावरणले पारेको एउटा प्रभाव हो त्यहि प्रभाव नै मेरो दिमागमा रहि रहन्छ । ताकि दशै भन्दा वित्तिकै अत्यन्तै रमाईलो र उत्साह हुन्छ भन्ने सवल पक्ष नै मेरो दिमागमा रहिरहन्छ र घुमिरहन्छ ।

दशैको मनपर्ने पक्ष ?
– दशैको मनपर्ने पक्ष भनेको अत्यन्तै व्यस्तको बापजुत पनि अफिसियल कामहरु छाडेर अथवा आफना सारा कर्महरुलाई एकातिर साईड लगाएर एकातिर थन्क्याएर दशैलाई नै विशेष गरी समय दिने गरिन्छ र अरु सवै चिजहरुलाई छाडेर दशैलाई मात्र समय दिनु र ईष्टमित्रहरु र मान्यजन,आफन्तजन संगीसाथीहरुसंग रमाईलो भेटघाट हुनुनै यसको सवल पक्ष र मलाई अत्यन्तै मन पर्ने पक्ष हो ।

दशैको बेलाको एउटा सम्झन लायक कुनै एक पल ?
-त्यो वेलाको एउटा सम्झन लायक एउटा घटना नै होला मलाई जहांसम्म लाग्छ हुन त जिन्दगीका धेरै उकाली ओरालीहरु , उतारचढाबहरु छन नै म चाहि नी दशैको पल लामो समय सम्म यो उमेरसम्म घर छाडेको थिएन म एकचोटी बहराईनमा गएं जुन विदेशको सांस्कृतिक कार्यक्रम हुंदै गर्दा मन जति घर परिवारतिर हुदै गर्दा पनि घरमा आउन नपाएको दशैलाई छुटाएको नमिठो पल त थियो र पनि त्यो नमिठो पल मनस्थिती लिदै गर्दा पनि त्यहांका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुसंग आफु दुखी हुदै अरुलाई खुशी दिलाउदै गर्दाको पल दशै भन्दा वित्तिकै मलाई त्यो अतित बल्झिरहन्छ ।

बालापनको दशै र अहिलेको दशैलाई कसरी लिनुहुन्छ ?
– सानो छदाको दशै र अहिलेको दशै जुन तुलनात्मक रुपमा हेर्ने हो भने त तुलना र मुल्यांकन गर्नै मिल्दैन जस्तो लाग्छ मलाई किनकी त्यतिवेलाको दशै जुन स्मरण छ जुन मनाउने चाल चलन नै थियो त्यहि चिज त्यहि खुशी नै अहिले भईदिए हुन्थ्यो जस्तो लाग्छ । तर त्यतिवेलाको जुन दशै थियो बच्चाको दशै थियो अत्यन्तै निस्वार्थ र एकदम स्वस्फुत खुशीको दशै थियो भने अहिले धेरै चिजहरु धेरै जिम्मेवारीहरु बहन गर्दै दशै मनाउनु पर्ने बाध्यता छ पहिला जिम्मेवारी विहिन दशै र अहिले जिम्मेवारी पुर्ण दशै यि दुई वटा चिजहरु नै हुन ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]