०४ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
चाडबाड आउँदा सबैभन्दा बढि याद घरपरिवारकै हुंदोरहेछ – गायक सोनु

जनता बुलेटिन शुक्रबार, कार्तिक ०७, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

प्रेम सापकोटा सोनु पछिल्लो समयको लोक प्रिय गायकको सुचिमा पर्ने नाम हो । एक पछि अर्को गर्दै उनका गितहरु लोक प्रिय बन्न सफल भएका छन । आईफोनको रुख , दमेकमाथि गाजा , काला पानी लिपुलेक , आशुको मुल्य , बाहिर कुरा नगरे सैंले , जाले रुमाल लगायतका गित लोक प्रिय गित हुन ।राम्रो गायक संगै राम्रा गित श्रृजना गर्न सक्ने खुबी भएका गायक प्रेम सापकोटा सोनु संग जनता बुलेटिनको दशै विशेष पांच प्रश्न ।।

विजया दशमी तथा शुभदिपावलीको हार्दिक मंगलमय शुभकामना संगै हजुरलाई जनता बुलेटिनको दसैं बिशेष पांच प्रश्नमा स्वागत छ ।

– सर्वप्रथम त धन्यवाद जनताबुलेटिन लाई अनि विजयादशमिको हार्दिक मंगलमय शुभकामना 🙏

यसपालीको दशैं कहां कसरी मनाउदै हुनुहुन्छ ?
-म विगत ६ बर्षदेखि प्रदेशमा छु।मनमा त्यति रमाईलो छैन किनकि विश्वव्यापि रोग कोरोनाको महामारि छ त्यसैमाथि गएको बर्ष हजुरआमालाई गुमाएँ ।टिका जमारा त छैन तैपनि आफ्नो महत्वपूर्ण चाडको औपचारिकता मात्र पुरा गर्दैछु।

परदेशमा दशै मनाईरहदा सवैभन्दा के कुरालाई मिस गर्नुहुन्छ ?
-आफ्नै बाध्यता र विवशताले प्रदेशिएका म जस्ता लाखौँ युवाहरुले संधै परिवार चाहान्छौँ।अझै चाडबाड आउँदा सबैभन्दा बढि याद घरपरिवारकै हुंदोरहेछ।

दशै भन्दा वित्तिकै यहांको दिमागमा के कुरा आउछ ?
-दशैँ हामिले जान्दा धेरै रमाईलो थियो।जहाँ हाम्रो प्रिय बालापन थियो।मान्यजनबाट टिका,जमारा अनि धेरै आशिर्वाद लिन्थ्यौ।सबै ईष्टमित्र भेटघाट हुन्थ्यो।अहिले त न त्यो बालापन छ न त्यो रमाईलो ।तर पनि दशैँ हाम्रो ठुलो पर्व हो रमाईलो गर्नुपर्छ मिठो खानुपर्छ राम्रो लगाउनुपर्छ भन्ने हुन्थ्यो अहिले पनि लाग्छ।

दशैको मनपर्ने पक्ष ?
-दशैको मन पर्ने पक्ष भनेकै धेरै जना जम्मा भएर गाउँभरि डुलेर निधारभरि टिका,शिरभरि जमारा,मान्यजनको आशिर्वाद लिंदै पिङ खेल्नु नै हो मेरो लागि।अझै बालापनको दशैँ त आहा मामाघर जान पाईने साह्रै रमाईलो हुन्थ्यो।

दशै बेलाको सम्झन लायक कुनै एक पल ?
-मलाई बिशेष गरि चाडबाडका धेरै पलहरु सम्झनायोग्य लाग्छन।धेरै त अझै रमाईला हुन्छन ।सानोमा मामाघर जाँदा हजुरबुवाले बच्चाटोलिका सबैलाई ५-५ रुपैयाँ दिनुभाथ्यो मेरो पालो अन्तिम थियो तर त्यतिबेला हजुरबुवासंग ५ रुपैया खुल्ला नभएर मैले ५० रुपैया पाएको थिएँ।त्यो ५० रुपैया मेरो लागि लाखौ बराबर थियो।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]