३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
दशै भन्ने बित्तिकै पिङ खेल्ने कुरा पहिला याद आउँछ – कलाकार दिवाकर घिमिरे

जनता बुलेटिन शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

लोकप्रिय हास्य टेलिसिरियल गोलमाल ऐलेको चलेको सबैले मन पराको टेली सिरियल मध्यको एक हो ।
त्यही लोक प्रिय हास्य टेलिसिरियल गोलमालको लोकप्रिय पात्र हुन दले दाई ।
उनको दलेदाइ को पात्र खुबै रुचाईएको छ । उनै पात्र लोक प्रिय हास्यकलाकार नमस्ते दिवाकर घिमिरे सँग जनता बुलेटिनको दशै बिशेष ५ प्रश्न ।

विजया दशमी तथा शुभदिपावलीको हार्दिक मंगलमय शुभकामना संगै हजुरलाई जनता बुलेटिनको पांच प्रश्नमा स्वागत छ ।
– धन्यवाद ।

यसपालीको दशैं कहां कसरी मनाउदै हुनुहुन्छ ?
– म यसपालिको दशैं काठमाडौ मै मनाउँदै छु,कोभिडको संक्रमण बढिरहेको र र अरुबेलाको जस्तो रौनक पनि नभएकोले गाउँ नजाने भैयो।
बुवा आमा पनि यतै हुनुहुन्छ त्यसो हुँदा दशै काठमाडौ मै मनाइन्छ।

दशै भन्दा वित्तिकै यहांको दिमागमा के कुरा आउछ ?
-मलाइ चै दशै भन्ने बित्तिकै पिङ खेल्ने कुराको सबै भन्दा पहिला याद आउँछ।

दशैको मनपर्ने पक्ष ?
-दशैको मन पर्ने पक्ष चाहिं आफ्ना आफन्तहरु सँग भेटघाट हुने,गाउँ घर,बाटो घाटो सफा गर्ने पक्ष चाहिँ मन पर्छन।

दशैको बेलाको एउटा सम्झन लायक पल कुनै ?
-दशैको सम्झन लायक चाहिँ 8-9 बर्ष पहिले म गाउँमै भएको बेला झापाको जलथलबाट चाराअलि जाने क्रममा गाडिको छटमा चढ्ने सिँढिमा नै उभिएर बिर्तामोड गएको थिएँ,गाउँको गाडी एकदमै भिड हुने गाडी भित्र सिट भरिएर,मान्छे उभिएर पनि नअट्ने भए अछी छतमा बस्नु पर्थ्यो त्यो बेला छत पनि भरिएर छतमा चड्ने सिंडिमै उभिएर गाडिको यात्रा गरेको छु त्यो पल सारै याद आउँछ,रमाइलो पनि लाग्छ।

सानो छदाको दशैं र अहिले दशैलाई कसरी लिनुहुन्छ ?

-दशै भनेको सानो उमेरमा मात्र रमाइलो हुने रहेछ।नयां लुगा लगाउने,आफन्तहरुले टीका लगाए पछि दक्षिणा दिने पिङ खेल्ने हरेक कुरा बालापनमा नै रमाइलो हुने रहेछ उमेर बढ्दै जाँदा जिम्मेवारी बढ्दै जाने रमाउने उमेर घट्दै जाने हुँदा बालापनको दशै साँच्चै दशै नै हुन्छ अहिले दशैको त्यत्ती रौनक लाग्दैन।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]