०६ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
नेपालको तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु

जनता बुलेटिन बुधबार, कार्तिक १९, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

दाङ – लुम्बिनी प्रदेशको राजधानी गढवा गाउँपालिका १ काे बडहरा र राप्ती गाउँपालिका ३ काे खुरुरीया जोड्ने राप्ती नदीमा नेपालको तेस्रो लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ ।

याे पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ एक दशमलव २० मिटर हुने छ । पुलमा जम्मा ११ वटा पिलर रहने छन्, जसमा फुटपाथका लागि पाँच वटा पिलर, पङ्खाका (साइड विङ) का लागि चार वटा पिलर र मेन ब्लकका लागि दुई वटा पिलर गरी जम्मा ११ वटा पिलर रहने छन् । प्रत्येक पिलरको गोलाइ सात सय ५० सेन्टिमिटर रहने छ भने प्रत्येक पिलरको गहिराइ पानीमुनि १६ मिटर रहने छ ।

पानीमाथि फुटपाथसम्मको पिलरको उचाइ १२ मिटर र फुटपाथदेखि माथि ३५ मिटर उचाइको पाँच वटा टावर रहने छन् । पहिलो पिलरदेखि दोस्रो पिलरसम्मको दुरी तीन सय ८१ मिटर र तेस्रो र चौथो पिलरको दुरी ९०/९० मिटरको दुरीमा रहने छन् । त्यसै गरी अन्य पिलरका दुरी ९९/९९ मिटर दुरीमा रहने छन् । याे पुल नेपालको तेस्राे लामो झोलुङ्गे पुलका रुपमा चिनिने भएको छ ।

नेपालमा पहिलो लामो झोलुङ्गे पुल महाकाली नदीमा बनेको दोधारा–चाँदनी हो, जसकाे लम्बाइ एक हजार चार सय ४० मिटर रहेको छ । दोस्रो लामो झोलुङ्गे पुल इलाम जिल्लाको माई खोलामा निर्माण भइरहेको छ, जसकाे लम्बाइ आठ सय २० मिटर रहेको छ । यी दुवै पुलको निर्माणको जिम्मा थानी निर्माण सेवा काठमाण्डौले पाएको छ ।

राप्ती नदीमा निमार्ण कार्य सुरु भएको झोलुङ्गे पुलको कुल लागत आठ करोड २७ लाख रहेको निर्माण सेवाका साइट इन्चार्ज विक्रम बस्नेतले जानकारी दिनुभएकाे छ । उहाँका अनुसार दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भए पनि डेढ वर्षमै निर्माण सम्पन्न गरिने गरी काम भइरहेको उहाँले बताउनुभयाे ।

बडहरा–खुरुरीया जोड्ने राप्ती नदीमा झोलुङ्गे पुल निर्माण भएपछि राप्ती नदी दक्षिणका गढवा गाउँपालिका १ बडहरा, बनघुस्री, बनबारी, चिमचिमे, पत्रिङ्गा, जेठानगाउँ, पचाहा र राप्ती नदी उत्तरका राप्ती गाउँपालिका ३ खुरुरीया, वसन्तापुर बागढड्डी, वडा नम्बर २ का कटाहा, लालमटिया, बराखुट्टी लगायतका स्थानीयलाई प्रत्यक्ष सुविधा पुग्नुका साथै लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको देउखुरी उपत्यका अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज हुनेछ ।

याे पुल निर्माण कार्य सुरु भएपछि आफूलाई धेरै खुसी लागेको बडहरा निवासी तथा तत्कालीन संविधान सभाका सभासद रश्मीराज नेपालीले बताउनुभयो । त्यस्तै २००७ सालदेखि, आफ्ना बाउबाजेको पालादेखि अहिलेसम्म डुङ्गा र पौडी खेलेर नदी पार गरेका दुर दिन अब हट्छन कि भन्ने आशा पलाएको खुरुरीया निवासी वरिष्ठ समाजसेवी एवम् राष्ट्रिय जनमोर्चाका नेता लालमणि शर्माले अभिव्यक्ति दिनुभएको छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]