०५ माघ २०७७, सोमबार
Close
बिज्ञापन
कोरोना लागेको थाहा पाएपछी आखाबाट अनयासै बर्बरी आँसु झर्न थाले – गायिका गैरे

जनता बुलेटिन मंगलबार, कार्तिक २५, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

असोज ३० गतेको दिन थियो हरेक दिनझै बिहानै उठँे । घरमा आमालाइ फोन गरेँ । अनि राती मैले देखेको सपना बारे आमालाई जानकारी गराएँ । जुन सपना मैले २०६० सालदेखी आफू बिरामी हुनुपुर्ब सधै झै देख्ने गरेकी हुन्छु त्यो सपनाले मलाइ बिरामी हुनुको पुर्ब संकेत दिने गरेको थियो ।
मैले आमालाइ यहि कुरा भने आमा आज मैले यस्तो सपना देखेकी छु म पक्कै पनि बिरामी हुन्छु होला यस्तै कुरा गरेर आमासँग फोनबाट बिदा भएँ आमापनि डराउनुभएको थियो । म जे जस्तो भएपनी खाना पकाइ खाना लिइ बिहान ९ बजे ड्युटीमा हाजिर भएँ । एकातिर कामको चाप थियो भने अर्कोतिर मनमा डर पनि थियो ।

मैले अफिसमा म्याडमलाइ पनि त्यो सपनाको बारेमा जानकारी गराएँ । म्याडम पनि अचम्म पर्नुभो । सायद म्याडमलाइ बिश्वास पनि लागेन होला । दिउँसो अफिसमा एकदमै कामको चाप भएको कारण खासै आराम पनि नगरी काम गरिरहे काम धेरै भएको हुनाले भोलीको दिन शनिबार भएपनी आराम नगरी ड्युटि जाने निधो गरिसकेकी थिएँ । अनि अघिल्लो दिनपनी मैले राति अबेर सम्म काम गरेर मात्रै घर फर्किएकी म आजपनी साझ ढिलो सम्म बसेरै काम गर्ने योजना बनाएँ ।
तर दिउँसो करिब ४ बजेतिरबाट एक्कासी जाडो हुन थाल्यो ।

मैले आफुलाइ असहज भएको महसुस गरँे तत्कालै शरीर एकदमै तात्तिएको जस्तो पाएँ म्याडमलाइ भने म्याडम कस्तो जाडो भइराको छ । कतै बिरामी त हुँदिन म्याडम पनि अचम्म पर्नुभो ५ बजे ड्युटी सकिन लाग्दा आज मैले अबेरसम्म बसेर काम गर्न सक्ने अबस्था देखिन । बरु आज आराम गर्छु भोलि ड्युटी आउछु भनेर अफिस बिदा भएपछि सरासर रुममा आए रुममा आएपछि मलाइ झनै गाह्रो हुन थाल्यो । ड्रेस चेन्ज गरि ब्लाङ्केट ओढेर सुत्ने प्रयास गरेँ तर स्वास्थ अझै असहज हुँदै गयो । एक्कासी ज्वरो आउने टाउको दुख्ने रिंगटा लाग्ने हुन थाल्यो ।

म साँझ तातो पानी दूध अनि सुत्ने बेला ज्वानो पानी मात्रै खाएर सुत्न थाले तर शरीरपनि झम्झाउन थाल्यो । ज्वरो झन बढ्दै गयो, टाउको एक्दमै फुट्ला जस्तै दुख्न थाल्यो । म निदाउनै सकिन कहिले सुत्ने कहिले उठ्ने गर्दा गर्दै करिब रातिको ११ बजेको हुँदो हो समस्या माथी समस्या बढ्दै गयो, एक्कासी बान्ता हुन आट्यो शरीर दुखेर अब उठ्न पनि सारै असहज हुँदै गएको थियो ।

जसोतसो उठेर के बसेकी थिएँ मलाइ हत्तपत्त बान्ता हुन थाल्यो । कोठामा एक्लै बस्ने मलाई पानी सम्म खुवाउने कोहि थिएन । म पीडाले असहैय भएर एक्लै छटपटाउन थालेँ रातको समय त्यो माथी यति धेरै असहज परिस्थितिको सामना सायद मैले कहिलै पनि गरेकी थिइन । राती अति नै गाह्रो भएकाले कपिलवस्तु दिदिलाइ फोन गरेर सबै समस्या बताउदै रुन थालँे दिदिलाइ पनि रातको बेला कति पीडा भएहोला म एक्लै यसरी बिरामी परेर फोन गर्दा साह्रै आत्तिनुभएको थियो ।
रातको करिब ११ः३० भएको थियो होला एक्कासी बान्ता भयो एकछिन बिसाउदै बान्ता हुँदै करिब २ बजेपछि मात्रै अलि हलुका भएर अलिअलि निद्रा लाग्यो । बिहान उठेर ज्वरो नाप्दा १०१ डिग्री ज्वरो थियो त्यसपछि अस्पतालको मेट्रोन म्याडमलाई फोन गरि उहाँकै सल्लाह बमोजिम प्यारासिटामोल खान थाले औसधिको डोज पूरा नहुन्जेल ठिक भएजस्तो हुन्थ्यो । फेरि औसधिको डोज सकिएपछि ज्वरो आउन सुरु गथ्र्याे । अफिस जान पनि नसकेपछि बिदा लिएरै आराम गर्न थाले ३ दिन बित्यो स्वास्थ्यमा सुधार भएन अझै त्यसैमाथी झाडापखाला पनि हुन थाल्यो शरीर झनै कमजोर हुँदै थियो ।

अस्पतालबाट ममता म्याडम, शारदा म्याडम, मन्जु म्याडमले फोन बाटै हरेक कुरामा सल्लाह दिनुहुन्थ्यो औसधि खानदेखी लिएर सबै कुरा फोनबाटै सम्झाउनु भएको थियो । ३ दिनपछी मैले कुनै कुराको पनि स्वाद अनि बास्ना थाहा पाउन छोडे त्यसपछि मात्रै मलाइ कोरोना भयो कि भन्ने लाग्यो । अब मैले कोभिड चेक गराउने निर्णय गरेर अस्पतालको सल्लाह बमोजिम म लुम्बिनी प्रादेशिक अस्पतालमा कार्तिक ३ गते स्वाब परिक्षण गर्न दिए जब स्वाब दिएर आए । त्यसपछि दिउँसोवाट मलाई एकदमै खोकी पनि लाग्न थाल्यो । म अझै डराउन थालँे तरपनि एक मनले सोचिरहे स्वाब नेगेटिभ नै आउनेछ । अर्को दिन रिपोर्टकै प्रतीक्षामा थिए ।

दिउँसो करिब २ बजेको हँुदो हो हस्पिटलबाट शारदा म्याडमको फोन आयो म आत्तिदै म्याडमलाई सोधे म्याडम रिपोर्ट के आयो ? उताबाट म्याडमलाई पनि सायद कसरि भनाँै भन्ने अन्यौलको स्थितिमा डराइ डराइ बोलेको प्रष्ट बुझिन्थ्यो पोजेटिभ रिपोर्ट आएको जानकारी गराउनुभयो ।

अब मलाई झनै नराम्रो महशुस भयो आखाबाट अनयासै बर्बरी आँसु झर्न थाले म्याडमले सम्झाउँदै हुनुहुन्थ्यो तर म बोल्न पनि सकिन त्यस्तैमा फोन राखेर एकैछिन एक्लै बसेर रोइरहे । मलाई कोरोना लाग्यो भन्नेमा भन्दापनी आइपुगेको दशै पर्व बाबा आमाले छोरी आउने दिन गन्दै बस्नुभएको छ एक्कासि मलाई कोरोना लाग्यो आउन पाइन भन्दा बाबा आमालाई कतिसम्म पिर पर्नेहोला बुढाबुढी भएका ती आमा बाबाको आँखामा आँसु म सोच्न पनि सक्दिनथँे । अर्कातिर हामी भाडामा बस्नेलाइ यताउता बस्नेले अनि घरबेटिहरुले कस्तो व्यबहार गर्ने हुन यी याबत कुराले मलाइ झनै पीडा थप्यो बास्तबमा कोरोना लागेका ब्यक्तिलाइ रोगले भन्दापनी अरुको व्यबहारले नै धेरै कमजोर बनाउँछ भन्ने सुनिराखेकै थिएँ अब कसरी भनौ । घरमा त्यसैगरी एउटै फ्लाट्मा बस्ने अरु साथीहरूलाई । म झन कमजोर हुन थाले अझ भनौ निरीह नै हुन थालँे तर म नभनी बस्ने अबस्था पनि त थिएन ।

दिउँसो ३ बजेतिर घरमा आमालाई फोन गरेर आफुलाइ अब निको भैसकेको तर कोरोना पोजेटिभ देखिएको खबर सुनाए । मेरो अबस्था सुनाउँदा आमालाइ झनै गाह्रो हुने डरले कोरोना केही होइन सामान्य हो मलाई केही हुदैन तर म एक्लै बस्नुपर्छ दशै यस्तै भो दुःख नमान्नु होला बुवालाइ पनि सम्झाउनुहोला भनेर सामान्य तरिकाले आमालाई सम्झाएँ । आमालाई त जसो तसो सम्झाएकी थिएँ तर बुवालाई सम्झाउँदा सम्झाउँदै फोन मै भक्कानो छोडेर रुन थाल्नुभो ।

उमेरले ८० पुग्नुभएका बुढा बुवा त्यसरी रुँदा मेरो मन झनै शिथिल हुँदै गयो । बाबा आमालाई कोरोना सामान्य हो भनेर सम्झाउने म कोरोना के हो भनेर प्रत्यक्ष भोगिरहेकी थिएँ । घरमा खबर गरिसकेपछि एउटै फ्लाट्मा बस्ने बहिनिहरुलाइ पनि आफुलाइ कोरोना पोजेटिभ देखिएको र अब एक्लै बस्नुपर्ने जानकारी गराए । उनिहरु अब भोलि नै दशै मान्न घर जाने भए । मलाई अब रुम छोडेर बाहिर बस्नुपर्ने बाध्यता पनि हरायो ।

बहिनिहरुले पनि धेरै सम्झाएर अर्को दिन बिहानै घरतिर लागे । उनिहरु घर गए यता मेरो कोठाको साइडमा बस्ने गुल्मिको बिन्दु थापा दिदीले म बिरामी भएको अर्को साझदेखी मलाई खाना पकाउने खुबाउने गर्नुभो । दिउँसो काममा जाने दिदि मलाई बिहान खाना खुवाएर दिउँसोलाई पनि खाजा तयार गर्दिएर मात्रै जाने गर्नुहुन्थ्यो । दिदिको यो पाली दशै थिएन दिदी पनि दशैमा घर नजाने कुराले मलाई धेरै राहत मिल्यो अब मलाई बिरामी परेनी एक्लै बस्नु परेन । दिदिले मलाई कोरोना लागेपनी धेरै जोखिम मोलेरै मेरो हेरचाहमा ध्यान दिनुभयो सायद त्यो गुन मैले जिन्दगीभर तिरेर सक्दिन पनि होला ।

बिरामी परेदेखी खानमा मनै जादैनथ्यो तरपनी रोगले नजितोस भनेर समय समयमा बेसार ज्वानो अदुवा र टिमुर पानी पकाएर खाइरहेकै थिए ,त्यसपछि मसरुम सुप भेजिटेरियन सुप पनि खाइरहे, दिनमा ३÷४ वटा मौसम, अनार, स्याउ ,लगायत खानामा जोड दिइरहे, खोकी अलि बढीरहेकोले ५ दिन खोकीको औषधी पनि खाए । केही पनि खानेकुरा रुच्दैनथ्यो, न कुनै स्वाद नै हुन्थ्यो जे खाएपनी फिक्का लाग्ने,उता पल्लो घरमा बस्ने दाइ हुनुन्थ्यो उहाँले समय समयमा दूध,च्वन्प्रास र अरु धेरै खानेकुरा मेरो लागि ल्याइदिएर खानामा जोड दिनुहुन्थ्यो । उहाँ दाइ पनि दिनदिनै मेरो निगरानी गरिरहेकै हुनुन्थ्यो सायद कोरोना लागेर पनि यी दुई दिदी र दाइको यति धेरै साथ र सपोर्ट पाउने म भाग्यमानी नै हो ।

पोजेटिभ रिपोर्ट आएको दिन मात्रै मैले फेसबुकबाट आफू बिरामी परेको जानकारी गराएकी थिए, त्यसपछि मलाइ माया गर्ने शुभचिन्तकहरु धेरैले फोन गर्नुभयो । सायद यस्तै बिरामी हुँदा नै हो को आफ्नो को बिरानो भनेर चिन्ने पनि बर्साँै कुरा नभएका साथी सङ्गी इष्टमित्र सबैले यहि बेला जो जसले फोन गर्नुहुन्थ्यो सबैले खानमै जोड दिनुपर्ने बताउनुहुन्थ्यो कतिपयले मेरो बसाई अनि खानपान के कस्तो छ भनेर धेरै चासो को साथ सोध्नुभयो ।

यो बेलामा आफन्तहरूको साथ र सहयोगको धेरै खाचो पर्दो रहेछ त्यही स्टाटस देखेपछि कालिकानगर मेरो ठूलो दाजु भाउजुलाइ पनि म बिरामी भएको जानकारी भयो भाउजुले आत्तिदै फोन गर्नुभो र अर्को दिन आफू आउने जानकारी गराउनुभयो । दाइले किन फोन गर्नुभएन भनेर अलि नमज्जा लागिरहेको थियो तर अर्को दिन एक्कासि दाइको फोन आयो भाउजू आउछु भन्नुभएको थियो तर भेट्न पहिलै दाइ आउनुभएछ दाइलाई पनि दुःख लागेहोला मेरो स्थिति देखेर आउनुभो अलिबेर बाहिरै मलाइ सम्झाउनुभो र समस्या हुँदा फोन गरिहाल म जतिबेला पनि आउछु भनेर जानुभयो ।

त्यसपछिका दिनमा म अझै खानपानमा विशेष ध्यान दिन थालेँ पखाला लागिरहेको हुनाले ज्यान एकदमै कमजोर भएको थियो म बेलाबेलामा जिबनजल पानि खान्थे । झोलिलो पदार्थ नै कोरोनाको लागि बढी उपयोगी हुदो रहेछ । साँझ परेपछि ढाड अत्यधिक दुखिरन्थ्यो म सकेजती आफ्नो केयर गर्न थाले । करिब १० दिन जति मलाइ एकदमै गाह्रो भयो खाना जे खाएपनी कुनै स्वाद थिएन । १० गते दशैको दिन थियो त्यही दिनबाट अलि अलि बास्ना अनि खानाको स्वाद आउन थाल्यो त्यसपछी मलाई पहिले भन्दा भोक लाग्न पनि थाल्यो ।

अब मलाई अलिकति निको भएजस्तो महसुस गरे तर खोकी र ढाड दुख्ने समस्या चाहि कायमै थियो । यतिदिन घर बस्दा म यत्तिकै बसिराखिन दिदी दिउँसो काममा जाने भएकाले बिहानको जुठा भाडाहरु माझ्ने, घरमा सरसफाइ गर्ने काम गरिराकै हुन्थे । साँझ भने अलि गार्हो हुन्थ्यो चाँडै नै खाना खाइ पानीको बाफ लिएर सुत्ने गर्थे । औसधि खाएपछि बिहान सम्म निदाउन सक्थे । बिहान चाडै उठेर एक्साइज गर्नुपर्ने हुन्थ्यो तर म धेरै एक्ससाइज गर्न सक्दिनथे त्यसैले सामान्य योगा मात्रै गरिरहे ।

बिरामी हुनुत कसैको रहर हुदैन तरपनी आफू बिरामी हुँदा आफुलाइ कस्ले कति महत्व दिन्छ भन्ने कुरा धेरै ठूलो कुरा रहेछ । बिरामी भएर बिदामा बसेदेखी अफिसको म्याडमहरु दैनिक रुपमा मलाई फोनबाट धेरै कुरा सम्झाउनुहुन्थ्यो ।

घरपरिवार लगायत सम्पूर्ण थाहा पाएजती इष्टमित्रहरू भेट्न आउन नपाएपनि फोनबाटै भएनी मलाइ एक्लो भएको महसुस गराउनुभएन तर कतिपय मान्छेहरु यति धेरै मतलबी पनि हुँदा रहेछन् चिन्ने मौका मिल्यो जो आफ्नो काम पर्दाका लागि र मात्रै कामको सम्बन्ध भएको जस्तो व्यबहार देखाउनेहरुलाइ पनि चिन्न अबसर मिल्यो सम्मान छ उहाँहरुलाइ कहिल्यै पनि बिरामी हुन नपरोस अझ मिल्छ भने उहाँहरुलाइ मर्न पनि नपरोस् ।
तर पनि समय सबैको आउँछ भन्छन् आज म बिरामी हुँदा बेवास्ता गर्नेहरुलाइ भोलि आफुलाइ त्यस्तै अबस्था आयो भने थाहा हुनेछ दुःख पर्दाको फोन कलको २ मीठो शब्द होस या क्षणिक भेट होस कति महत्व हुन्छ भनेर ।

अर्को कुरा तपाइहरुको आफ्नो काम छ भने जतिबेलापनी सम्झनुहोला किनकी म तपाइहरुजस्तो स्वार्थी र घमण्डी अबश्य पनि छैन र हुनेपनी छैन मन हो सबैको दुख्छ अझ आफू कमजोर हुँदाको बेवास्ति पन सायद चाहेर पनि भुल्न सकिँदैन । हुनत हजुरहरुले फोन गर्दैमा मलाई निको हुने र नगर्दैमा नहुने भन्ने पनि होइन हजुरहरुले बेवास्ता गरेपनी धेरैले माया दिनुभो हरेक पलमा आफ्नो हुनुको आभास दिलाउनुभयो उहाँहरुकै हौसला अनि प्रेरणाले गर्दा कार्तिक १५ गते मेरो कोरोना रिपोर्ट नेगेटिभ आयो ।

अहिले म ड्युटी जान थालिसकेकि छु । अहिले पनि एकदमै कमजोर भएको महसुस हुन्छ थोरै काम गर्दा पनि हातखुट्टा गल्छ्न साँझ बिहान खोँकी लागिरहन्छ तरपनी खानामा बिशेष ध्यान दिएर आफुलाइ तन्दुरुस्त राख्ने प्रयास जारी राखेकै छु । मेरो अनुभव अनि भोगाइ अनुसार सबैलाइ यो अनुरोध गर्दछु सकेसम्म आफुलाइ कोरोनाबाट बचाउने कोसिस गर्नुहोला यदि लागिहाल्यो भनेपनि नडराउनुस चिसो खानेकुराबाट टाढै रहनुस मनस्थिति कमजोर भयो भने रोगसँग लड्ने क्षमतामा ह्रास आउँछ र हामिलाइ रोगले सजिलै जित्न सक्नेछ ।

खानपानमा विशेष ध्यान दिनुहोस तातो पानी, सुप, ज्वानो बेसार अदुवा कागतिको पत्ता तुलसिको पत्ता बिरे नुन गराएर पकाएर खाँदा यसले खोकिलाइ पनि धेरै राहत पुग्छ त्यसैगरी भिटामिन सि भएका फलफूलहरुमा विशेष ध्यान दिनुपर्दो रहेछ पेट एकैछिन पनि खाली भयो भने एकदमै रिंगटा लाग्ने पनि हुनसक्छ त्यसैले पेट खाली राख्दै नराख्नुस यति गर्यो भने अबश्य पनि कोरोनालाई जित्न सकिनेछ ।

समस्याहरु बढीरहेको छ भने डाक्टरको सल्लाह अनुसार औषधी प्रयोग गर्नुहुन अनुरोध गर्दछु । र अर्को कुरा कोरोनाको लक्षण एउटा मात्रै पनि नहुने रहेछ जुनसुकै समस्याको रुपमा पनि कोरोना देखा पर्ने रहेछ । मेरै अनुभवमा पनि मलाई भाइरल ज्वरोको शंका लागेको थियो तर विरामी परेको ३ दिनपछि मात्र रुघा खोकी बिना नै खानाको स्वाद अनि गन्ध हराउँदै गएपछि मात्रै मैले कोरोनाको शंका गरेकी हुुँ र मैले पनि कोरोना हो होइन भनेर थाहा पाउनको लागि खानाको स्वाद हराउनु र गन्ध हराउनु प्रमुख लक्षण हुन सक्ने अनुमान गरँे ।

अन्त्यमा मलाई यो अबस्थामा हरेकपल साथ दिने बिन्दु थापा दिदी, शारदा म्याडम, ममता म्याडम, मन्जु म्याडम,कमल भण्डारी सर, लगायत मेरो घरपरिवार अनि मलाइ प्रत्यक्ष भेट गरेर होस या फोनबाट होस मेरो अबस्थाको जानकारी लिइ सुझाव सल्लाह अनि हौसला दिने सम्पुर्ण साथीहरू प्रती बिशेष धन्यवाद । कोरोनाका कारण बिश्वमा लाखौँले ज्यान गुमाएइसकेको हुनाले यसलाई सामान्यरुपमा नलिनुहुन र सचेत रहन सम्पूर्णमा अनुरोध गर्दछु ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]