०२ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
रुपन्देहीकाे अन्नपूर्ण एग्रो इण्डष्ट्रिज कृषिमा दाेश्राेपटक पनि उत्कृष्ट करदाता घोषित

जनता बुलेटिन सोमबार, मंसिर ०८, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

बुटवल,
रुपन्देहीकाे अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्रा.लि दाेश्राेपटक पनि उत्कृष्ट करदाता घोषित भएकाे छ । नेपाल सरकारले ९औं राष्ट्रिय कर दिवसको अवसर पारी उत्कृष्ट करदाता घोषणा गरेको हाे । आन्तरिक राजस्व विभागले कर सप्ताहको आज अन्तिम दिन उत्कृष्ट १५ करदाताको नाम घोषणा गरेको छ ।

विभागका अनुसार कृषि एवम् पशुपंक्षी उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्रालि घोषित भएको हाे । यसअघि पनि आर्थिक वर्ष २०७४/०७५ मा पनि अन्नपूर्ण एग्रो उत्कृष्ट करदाता भइ सरकारबाट पुरस्कृत भएकाे थियाे ।

आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ र मूल्य अभिवृद्धि करतर्फ आर्थिक वर्ष २०७६/७७ लाई आधार मानेर सरकारले उत्कृष्टकाे सूची निकालकाे हाे ।यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने उद्योगी विजयकुमार शाह छन् । उनी विभिन्न लिकर कम्पनीका मालिक हुन् ।

विभागका अनुसार आव २०७५/७६ मा सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल भएको छ । निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी भने डाबर नेपाल प्रालि रहेको छ ।

बढी आयकर तिर्ने विशेष उद्योगका रुपमा हिमाल पावर कम्पनी उत्कृष्ट घोषित भएको छ । पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी तारागाउँ रिजेन्सी होटेल्स लिमिटेड छ ।

विप्रेषणको कारोबार गर्ने कम्पनीमध्ये बढी आयकर आइएमई लिमिटेडले तिरेको छ । बैंक तथा वित्तीय संस्थामा बढी आयकर तिरेको नविल बैंक उत्कष्ट ठहर भएको छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]