०२ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
अभिनेत्री श्वेताविरुद्ध २ करोडको मानहानी मुद्दा

जनता बुलेटिन बिहिबार, मंसिर ११, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

एजेन्सी / मुम्बई । भारतीय टिभीकी चर्चित अभिनेत्री श्वेता तिवारी अक्सर चर्चामा रहने गर्दछिन् । पछिल्लो समय पनि उनी चर्चामा छिन् । यो पटक उनको चर्चाको विषय पूर्व कर्मचारी राजेश पाण्डे भएका छन् । राजेशले उनलाई धोका दिएको आरोप लगाउँदै २ करोड (भारतीय रुपैयाँ)को मानहानीको मुद्दा समेत हालेका छन् ।

करिब एक महिना अगाडि पनि राजेशले अभिनेत्री तिवारीलाई ५२ हजार नदिएको आरोप लगाएका थिए । अहिले त्यही मामला निकै अगाडि पुगेर २ करोडको केस दर्ता भएको हो । ‘विगत दुई वर्षदेखि मैले धेरै मेन्टलटर्चर ब्यहोरिरहेको छु’ राजेशले भने–‘एक कुरो उनले पैसा पनि दिएकी छैनन् ।

अर्काे कुरो पब्लिसिटी स्टन बनाएको आरोप समेत लगाइएकी छन् । यसको ममा धेरै नराम्रो प्रभाव परेको छ ।’ ‘मैले श्वेता विरुद्ध २ करोडको मानहानी केस गरेको छु । कानुनी पेपर समेत उनीसँग पुगिसकेको छ । उनको भने केही जवाफ आएको छैन’ राजेशले थपे ।

राजेशले अभिनेत्रीको एक्टिङ स्कुलमा टिचरको काम गरेका थिए । राजेशले आफुले २ वर्षदेखि पैसाको लागि सम्पर्क कोसिस गर्दा पनि श्वेताले रेस्पोन्स नगरेको समेत बताएका छन् । श्वेताले पैसा नदिएको कारण आफुले घरभाडा समेत तिर्न नसकेको राजेशको भनाई रहेको छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]