०६ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
‘बरु बुढा बोकेर हिँडिन्छ, तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ’: नायिका स्वस्तिमा खड्का

जनता बुलेटिन शुक्रबार, मंसिर २६, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाडौं, सञ्चारकर्मी प्रकाश सुवेदीको रजतपट विभिन्न कारणसहित विवादमा छाइरहन्छ । पछिल्लो पटक भने यसमा नायिका स्वस्तिमा खड्का तानिएकी छिन् । रजतपत कार्यक्रमको पछिल्लो श्रृङ्खलामा प्रस्तोताले नेपाली कलाकारहरु कामविहिन भएको कुरा उठाउँदै स्वस्तिमा खड्कालाई इंगित गर्दै अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्, ‘कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याईनभ्याई हुन्थ्यो, अलि चलेका कलाकारलाई लिएर फिल्म बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नुपर्ने स्थिती थियो, त्यति व्यस्त थिए कलाकार ।

डेट दिनै गाह्रो । अहिले त कामधाम छैन, बुढो बोक्यो, हिँड्यो । ’प्रकाशको यस्तो अभिव्यक्तिपछि नायिका स्वस्तिमाले श्रीमान् निश्चल बस्नेतलाई बोकेको छोटो भिडियो राखिएको छ ।यसमा स्वस्तिमाले प्रतिक्रिया दिएकी छिन् । आफ्नो आधिकारिक फेसबुकमा उनले बिहिबार राती लेखेकी छिन्, ‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ । रजतपत’ उनले थपेकी छिन्, ‘फोन नउठाएर सारै रिसाउनु भाको रैछ । सरी ल !!!’ यस्तै स्वस्तिमाका श्रीमान् निश्चल बस्नेतले पनि यसबारे फेसबुकमा स्टेटस लेखेका छन् ।

उनी भन्छन्, ‘‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्न ल, भन्छे मेरी बुढी त !’ रजतपट कार्यक्रममा प्रस्तोताले नेपाली चलचित्रका अभिनेत्रीहरुलाई लक्षित गर्दै विवादित टिप्पणी गर्ने गरेका छन् । यसअघि अभिनेत्री पूजा शर्माको शारीरिक स्वरुपबारे उनले विवादित बयान दिएका थिए । आफूप्रति गरिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पूजाले नेपाल चलचित्र कालकार संघ, महिला आयोग र प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन् ।चलचित्र सम्बन्धित सात पेशागत संघ संगठनले रजतपटमा सहभागी नहुन चलचित्रकर्मीहरुलाई आग्रहसमेत गरेको छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]