०२ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
‘प्रेम गीत ३’ चैतमा रिलिज हुने

जनता बुलेटिन बिहिबार, पौष ०९, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाडौं । चलचित्र संघले आगामी १० गतेबाट फिल्म हल खोल्ने तयारी गरेको छ । संघको यो निणर्यले फिल्म क्षेत्र फेरि चलायमान हुने खुसी छाएको छ । हल खुल्ने भएपछि अहिले फिल्मका निर्माता निर्देशक फिल्म रिलिजका लागि प्राबिधिक कार्य पुरा गर्न तिर लागिपरेका छन् ।

निर्माता सन्तोष सेन पनि अहिले फिल्म ‘प्रेम गीत ३’को काममा ब्यस्त छन् । फिल्म हल संचालन हुने निणर्यसँगै केही बाँकी रहेको फिल्मको प्रोडक्सन कार्यमा उनी जुटेका हुन् ।

‘फिल्म हल खुल्यो र माहोल बन्यो भने ‘प्रेम गीत ३’ चैतमा रिलिज गर्नुपर्छ’ सेनले भने ‘बाँकी प्राबिधिक कार्य सबै सकाएर रेडी भएर बस्दैछु ।’ फिल्मको बाँकी काम केही दिनमा सकाउने उनले सुनाए ।

‘प्रेम गीत ३’ बर्षकै प्रतिक्षित फिल्म हो । फिल्म चैतको अन्तिम साता रिलिज गर्ने योजना सेनको रहेको छ ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको फिल्म ‘प्रेम गीत ३’मा कल्याण सिंह र एलिश कार्कीको संगीत, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको नृत्य रहेको छ । फिल्म बनिश शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]