छाया पन्थ, बुटवल / विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गरी दुर्गादत्त मावि तिलाेत्तमामा शुक्रबार नर्ससहितकाे विद्यालय स्वास्थ्य इकाई काे उद्घाटन गरिएकाे छ । बढ्दाे काेराेना महामारी र स्वास्थ्यका कारण विद्यार्थीले बिचमै विद्यालय छाेड्ने प्रवृत्तिको अन्त्यका लागि साे स्वास्थ्य कक्षकाे एक कार्यक्रमका बिच उद्घाटन गरिएकाे हाे । कार्यक्रमकाे उद्घाटन गर्दै तिलाेत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले स्वास्थ्य कक्षकाे सही सदुपयोग , सही व्यवस्थापन र उचित तरिकाले परिचालन गर्नकाे लागि अाग्रह गर्नुभयाे । साथै काेराेना महामारीमा क्वरेन्टाइन बनाउने सन्दर्भमा विद्यालयले भवन दिएर सहयाेग गरेकाे प्रति प्रशंशा व्यक्त गर्दै अावश्यक परेमा थप सहयाेग गर्ने प्रतिवद्दतासमेत व्यक्त गर्नुभयाे । साे स्वास्थ्य इकाईमा पाँचौं तहकाे नर्सकाे समेत दरबन्दी गरिएकाे छ । स्वास्थ्य इकाई संघिय बजेट तथा नगरपालिककाे व्यवस्थापनमा पहिलाे चरणमा तिलाेत्तमा नगरपालिकाका १२ सामुदायिक विद्यालयहरूमा नर्सकाे दरबन्दी गरिएकाे बताइएकाे छ भने दुई वर्ष भित्रमा सबै सामुदायिक विद्यालयमा साे कार्यक्रम सञ्चालन गरिने बताउनुभयाे । साथै नगरपालिका भित्रका संस्थागत विद्यालयहरूमा पनि विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन गर्न अाग्रह गरिएकाे नगरप्रमुख घिमिरेले बताउनुभयाे ।
त्यसतै शुक्रबार नै विद्यालयमा विज्ञान प्रयाेगशालाकाे समेत उद्घाटन गरिएकाे छ । तिलाेत्तमा नगरपालिकाकाे छ लाख पचास हजारकाे अनुदान सहयाेगमा साे प्रयाेगशाला सञ्चालनमा ल्याइएकाे विद्यालयले जनाएकाे छ । विज्ञान विषयका विद्यार्थीका लागि अधिकतम लाभ हुनेगरी प्रयाेगशालामा हुने अाधारभूत अावश्यक सामग्रीसहितकाे व्यवस्थापन गरि सुरूवात गरिएकाे हाे । विद्यालयका प्राचार्य चण्डी प्रसाद पाण्डेको स्वागतमन्तव्य रहेकाे कार्यक्रमकाे अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ कडेलले गर्नुभएकाे थियाे । तिलाेत्तमा नगरपालिका वडा नम्वर एकका वडा अध्यक्ष तामनाथ पाण्डे , वडा नम्बर दुईका अध्यक्ष दधिराम गाैतम ,शिक्षक अभिभावक संघका अध्यक्ष पुस्करनाथ पन्थ लगायतकाे उपस्थिति रहेकाे थियाे ।