आज रात्रिको आकाशमा तीनवटा ग्रहको अद्भुत संयोग हुन गइरहेको छ । आजको सन्ध्याकालीन आकाशमा बृहस्पति, शनि र बुध ग्रहको त्रिकोण देखिने भएको छ । यस अघि सन २०२० को वर्ष महत्वपूर्ण रहेको थियो । अनेको खगोलीय गतिविधि का साथै २०२० मा भएको बृहस्पति ग्रह र शनि ग्रहको निकटता (ग्रेट कन्जक्शन) ले बड़ो चर्चा पाएको थियो । आज देखि जनवरी ११ तारीखसम्म आकाशमा यी तीनवटै ग्रहले त्रिकोण बनाउने छन्।
हुन त ११ जनवरीमा बन्ने त्रिकोण त्यति प्रष्ट हुँदैन। आज ८ जनवरीमा भने यो त्रिकोण स्पष्ट देखिने छ। ९ र १० जनवरीमा पनि तीन वटै ग्रहको संयोग देखिने छ। मौसम साफा रहे आजको सन्ध्याकालीन आकाशमा तीन वटा ग्रहले बनाउने त्रिकोण हेर्न नबिर्सनु होला।