०२ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’ याेजना

जनता बुलेटिन आइतबार, पौष २६, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाण्डौ – एनसेलले विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’काे याेजना ल्याएको छ ।

यो योजनामार्फत एनसेलको सिमकार्ड भएका विद्यार्थीले उनीहरुकाे आवश्यकताअनुसार विभिन्न विषयहरु सजिलै अडियोमार्फत अध्ययन गर्न सक्नेछन् ।

विद्यार्थीले मोबाइलमार्फत पाठ्यक्रममाआधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्ने एनसेलले जनाएको छ ।

इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित याे सेवा कम्पनीले आफ्नो ‘अनपज’अभियानअन्तर्गत ल्याएको हो ।

पाठ्यक्रममाआधारित शैक्षिक सामग्री मोबाइल नेटवर्कमार्फत फोनकै प्रयोग गरी आइभीआरबाट सिक्न सकिने एनसेलले जनाएको छ ।

एनसेलले पहिलो चरण अन्तर्गत अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रमहरु उपलब्ध गराएको छ । साथै कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्ध रुपमा अरु कक्षाहरुको लागि थप पाठ्यक्रमहरु समावेश गर्ने एनसेलले जनाएकाे छ ।

यो योजनाको प्रयोगका लागि १७१४४ डायल गरी प्राप्त निर्देशनअनुरुप अडियो क्लास सेवाको प्रयोग गर्न सकिने छ । इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, यूएसएसडी तथा वेब च्यानलमार्फत पनि प्रयोग गर्न सक्नेछन् ।

अडियो क्लासको लागि अहिले ३ दिन र ७ दिनको गरी दुई वटा विकल्पहरु रहेको एनसेलले जनाएको छ । ३ दिनको प्याकमा विद्यार्थीले करसहित मात्र ७ रुपैयाँमा ५० मिनेटको अडियो क्लासको सेवालिन सक्नेछन् भने ७ दिनको प्याकमा करसहित १४ रुपैयाँमा १०० मिनेटको अडियो क्लासको सेवाबाट फाइदा लिन सक्छन् ।

कुनै अडियो प्याकअन्तर्गतको निश्चितमिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप अडियो क्लासको सेवा ७ रुपैयाँमा फेरि खरिद गर्न सक्छन् । यो सेवा सुरु गरिएको पहिलो ५ महिनासम्म अडियो क्लासको प्रत्येक नयाँ ग्राहकले एक हप्ताको लागि यो सेवा निःशुल्क प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]