१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
निर्मल पूर्जासहित १० नेपालीद्वारा के टू हिमालको सफल आरोहण, विश्व रेकर्ड कायम

जनता बुलेटिन आइतबार, माघ ०४, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाण्डाै – १० जना नेपाली आरोहीहरुको समूहले पाकिस्तानमा रहेको के टू हिमालको सफल आरोहण गरेको छ । अत्यन्तै खतरनाक मानिने के टू हिमालमा हिउँदयाममा अहिलेसम्म कोही पनि पुगेको थिएन ।

सबैभन्दा कम समयमा विश्वका १४ वटै हिमाल आरोहणको रेकर्ड बनाएका आरोही निर्मल पूर्जासहितको टोली शनिबार बेलुकी सवा पाँच बजे शिखरमा पुगेको टोलीमा सहभागी मिङ्मा डेभिड शेर्पाले जानकारी दिनुभयो।

आठ हजार छ सय ११ मिटर अर्थात् विश्वकै दोश्रो अग्लो के टू हिमालमा अहिले माइनस ६२ डिग्री सेल्सियस तापक्रम रहेको र प्रतिघण्टा एक सय किलोमिटरको गतिमा हावा चल्ने शेर्पाले बताउनुभयो । ‘सफल आरोहणपछि आरोही निर्मल पूर्जाले सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव जातिका लागि इतिहास बनाइयो ‘ उहाँले नेपालका लागि इतिहास बन्यो भनेर लेख्नुभएको छ ।

के टू हिमालको सफल आरोहण गर्नेहरुमा आरोही निर्मल पूर्जासहित मिङ्मा डेबिट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा र दावा तेम्बा शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् । उनीहरु फरक-फरक तीनवटा आरोहण दलबाट गएका हुन् ।

सबै आरोही शनिबार १० बजे चौथो शिविर फर्किएका छन् । विगत ३४ वर्षयताको हिउँदयाममा के टू आरोहणका लागि कम्तीमा चारवटा आरोहण दलका दर्जनौं आरोहीले प्रयास गरेका थिए तर उनीहरू के टू हिमालको ७ हजार मिटरभन्दा माथिको उचाइमा पुग्न सकेका थिएनन् ।

के टू हिमाल आरोहणमा नेपाली टोलीले विश्व रेकर्ड बनाएको छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]