१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
भारतमा पहिलो दिन झण्डै दुई लाख जनाले कोरोना विरुद्धको खोप पाए

जनता बुलेटिन आइतबार, माघ ०४, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

एजेन्सी ,काठमाण्डाै – भारतमा हिजो पहिलो दिन झण्डै दुई लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कारोना विरुद्धको खोप अभियान अन्तर्गतको पहिलो दिन हिजो एक लाख ९१ हजार भन्दा धेरैले खोप लगाएका छन् ।

हिजो ३ हजार ३ सय ५१ केन्द्रबाट कोभ्यासिक्न र कोभिसिल्ड दुवै खोप दिइएको थियो । कोरोना विरुद्धको खोप लगाएपछि केहीलाई एलर्जी भएको बीबीसी हिन्दीले लेखेको छ । तर, त्यहाँको स्वास्थ्य मन्त्रालयले भने खोप लगाएका कसैलाई पनि स्वास्थ्य समस्या नभएको र अस्पताल भर्ना पनि नभएका दाबी गरेको छ ।

भारतले पहिलो चरणमा प्राथमिकतामा परे अनुसार डाक्टर, स्वास्थ्यकर्मी र सरसफाईका कर्मचारी लगायत अंग्रपक्तिमा काम गर्नेलाई खोप दिइन थालेको जनाएको छ । भारतमा अहिलेसम्म एक करोड ५ लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ भने एक करोड एक लाख भन्दा धेरैले कोरोनालाई जितेका छन् । एक लाख ५२ हजार भन्दा धेरैको भने ज्यान गएको छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]