०९ बैशाख २०७८, बिहिबार
Close
बिज्ञापन
दुर्गादत्त माविमा साेमबार पनि विविध कार्यक्रम सम्पन्न

जनता बुलेटिन सोमबार, फाल्गुण ०३, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

छाया पन्थ , तिलोत्तमा – रूपन्देहीको शंकरनगर दुर्गादत्त माविकाे ५६ अाैँ वार्षिकोत्सवकाे अवसरमा साेमबार पनि विविध कार्यक्रम सम्पन्न भएका छन् । खेलकुद गतिविधी खाना महाेत्सव तथा पाेषण प्रदर्शनी सम्पन्न गरेकाे विद्यालयले साेमवार सिनियर लेभलका विद्यार्थीविच हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । साे हाजिरीजवाफ प्रतियाेगितामा हरियाे सदनले पहिलाे स्थान प्राप्त गरेकाे छ । त्यसैगरि राताे सदन दाेस्राे हुन सफल भएकाे छ ।
त्यस्तै विद्यालयमा प्ले ग्रुपदेखि कक्षा बाह्रसम्मका विद्यार्थीहरूलाई कक्षागत पुरस्कारसमेत वितरण गरिएकाे छ । गत हप्ता सम्पन्न भएकाे खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पनि पुरस्कार वितरण गरिएकाे अतिरिक्त क्रियाकलाप प्रमुख गणेश पन्थले जानकारी दिनुभयाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ कडेल तथा शिक्षक अभिभाभक संघका अध्यक्ष पुस्करनाथ पन्थले विजेता विद्यार्थी हरूलाई टिका र मेडल लगाइदिनुभएकाे थियाे ।
त्यसैगरी कक्षा तिनदेखि कक्षा दशसम्मका विद्यार्थीविच नृत्य प्रतियाेगिता सम्पन्न भएकाे छ । साेमबार भएकाे नृत्य प्रतियोगितामा कक्षा दश ए काे अनिता रानाकाे समूहले पहिलाे स्थान प्राप्त गरेकाे छ । त्यस्तै कक्षा नाै बि काे सविना कामुकाे समूहले दाेस्राे स्थान प्राप्त गरेकाे छ भने कक्षा तिनका स्मारिका पन्थकाे समुहले तेस्राे स्थान प्राप्त गरेकाे छ त्यस्तै अांशिका श्रेष्ठको समूहले सान्त्वना स्थान प्राप्त गरेकाे सांस्कृतिक कार्यक्रम संयाेजक गंगा गिरीले जानकारी दिनुभयाे ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]