०९ बैशाख २०७८, बिहिबार
Close
बिज्ञापन
दाह्री ग्याङले पाँचाै स्थापना दिवस विविध कार्यक्रम गरि मनायो

जनता बुलेटिन शुक्रबार, फाल्गुण ०७, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

छाया पन्थ ,बुटवल – सामाजिक सेवामा समर्पित दाह्री ग्याङले पाँचाै स्थापना दिवस विविध कार्यक्रम गरि मनाएकाे छ । सामाजिक सञ्जालबाट संगठित साे ग्याङले बिहिबार अाफ्नाे स्थापना दिवसकाे अवसरमा काेटिहवामा रहेकाे नेपाल अविनाश अनाथ अाश्रममा सहयाेग हस्तान्तरण गरेकाे हाे । साे अनाथ अाश्रममा एक कार्यक्रमका विच केकसमेत काटेर केही खेलकुद र शैक्षिक सामग्रीहरू हस्तान्तरण गरिएकाे हाे । अनाथ अाश्रमका बालबालिकाहरूका लागि दारी ग्याङकाे लाेगाे अंकित कापी , कलम , पेन्सिल , ज्याेमेट्रि बक्सलगायतका शैक्षिक सामग्री वितरण गरिएकाे हाे । त्यस्तै खेलकूदका सामग्री अन्तर्गत क्यारेमबाेर्ड , भलिबल , स्किपिङ , लुडाे अादि वितरण गरिएकाे हाे । साथै अाश्रमका बालबालिकाहरूका लागि साे ग्याङले खानासमेत खुवाएकाे बताएकाे छ ।
विभिन्न समयमा विभिन्न सामाजिक कार्य गर्दै अाएकाे साे दारी ग्याङले जाजारकाेटकी कल्पना राेकाहा बचाऊ अभियान , कैलालीका अपाङ्गता भएका विष्णु रसायलीकाे घर निर्माणमा सहयाेग , दमकडा मावि पाल्पाका दृष्टिविहिन विद्यार्थीका लागि सहयाेग , धुर्मुस सुन्तली फाउन्डेसनमा सहयाेग गरेकाे जनाएकाे छ । त्यस्तै ट्राफिक सचेतना कार्यक्रम , लकडाउनकाे समयमा ट्राफिक प्रहरीकाे लागि सहयाेग कार्यक्रम , सडक दुर्घटना न्यूनिकरणका लागि छाडा पशु चाैपायाहरूलाई रिफ्लेक्टिङ बेल्टलगायतका कार्यक्रम गरिएकाे जनाएकाे छ ।
बिहिबारकाे सहयाेग हस्तान्तरण कार्यक्रम दारी ग्याङ रूपन्देही र दारी ग्याङ कतारकाे संयुक्त अायाेजना गरिएकाे साे ग्याङका रूपन्देही अध्यक्ष गणेश पन्थले जानकारी दिनुभयाे ।
सामाजिक सेवामा अगाडि बढिरहेकाे साे दाह्री ग्याङले गत माघ १७ गते फुटसलकाे अायाेजना गरेकाे थियाे । साेही फुटसलकाे खर्च रकम कटाएर बचेकाे रकमबाट साे अनाथ अाश्रमा सहयाेग गरिएकाे कार्यक्रम संयाेजक जीवन भण्डारी र सागर बस्यालले जानकारी दिनुभयाे । दारी ग्याङले गरेकाे उदाहरणीय कामप्रति अाश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले प्रशंसा व्यक्त गर्नुभयाे । साे ग्याङका रूपन्देही अध्यक्ष गणेश पन्थकाे अध्यक्षता रहेकाे सहयाेग हस्तान्तरण कार्यक्रमकाे सञ्चालन भरत पाैडेलले गर्नुभएकाे थियाे ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]