०९ बैशाख २०७८, बिहिबार
Close
बिज्ञापन
सञ्चारिका समूहकाे साधारणसभा तथा बनभाेज कार्यक्रम सम्पन्न

जनता बुलेटिन आइतबार, फाल्गुण ०९, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

छाया पन्थ ,बुटवल – सञ्चारिका समूहकाे नवौ साधारणसभा तथा बनभाेज कार्यक्रम सम्पन्न भएकाे छ । वार्षिक कार्यक्रमअन्तर्गत सञ्चारिकाले बुटवल उपमहानगरपालिका १४ स्थित नयाँगाउमा रहेकाे मिलन पार्कमा बनभाेज तथा साधारणसभा कार्यक्रमकाे अायाेजना गरिएकाे हाे । कार्यक्रममा अध्यक्ष निरू गाैतमले विभिन्न सञ्चार माध्यममा अाव्द्ध महिलाहरूलाई एकीकृत गरी अपन्त्व कायम राख्नलागि कार्यक्रमकाे अायाेजना गरिएकाे जानकारी जानकारी दिनुभयाे ।
त्यसैगरि सञ्चारिका समूहका निवर्तमान अध्यक्ष अमृता अनमाेलले दक्षता अभिवृद्धि गर्दै पत्रकारिता पेशालाई निरन्तरता दिन अाग्रह गर्नुभयो । उहाँले सङ्ख्यामा जति धेरै हुन्छौं उति नै शक्तिशाली भइने हुँदा अझै अन्यलाई पनि समूहमा समेटिनकाे लागि अाग्रह गर्नुभयाे । कार्यक्रममा कार्यवाहक महासचिव अस्मिना पाण्डेले महासचिवकाे प्रतिवेदन पेश गर्नुभएकाे थियाे भने कार्यबाहक काेषाध्यक्ष कल्पना डुम्रे ज्ञवालीले अार्थिक प्रतिवेदन पेश गर्नुभएकाे थियाे । कार्यक्रममा सञ्चारिका समूहका सल्लाहकार रेखा भुषाल , मानवअधिकार तथा शान्तिसमाजका केन्द्रीय सदस्य अन्जु गाैतम , सञ्चारिका समूह लुम्बिनी प्रदेशका सदस्य द्वय उषाकिरण पन्थ , रेनुका गिरी लगायत समूहका जिल्लाभरका विभिन्न सञ्चार माध्यममा अावद्ध करिब ३० जनाकाे सहभागिता रहेकाे थियाे । भने बनभाेज कार्यक्रममा नाच्दै गाउँदै रमाइलाे गरिएकाे थियाे । सञ्चारिका समूहका उपाध्यक्ष मिना ढकालकाे स्वागत रहेकाे कार्यक्रमकाे सञ्चालन महासचिव विन्दु थापाले गर्नुभएकाे थियाे ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]