०४ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
महिला हिंसा अन्त्यकालागि कानुन कार्यान्वयन आवश्यक: मुख्यमन्त्री पोखरेल

Janata Bulletin सोमबार, फाल्गुण २४, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

दाङ, फागुन २४। लुम्बिनी पदेशका मुख्य मन्त्री शंकर पोखरलले महिला हिंसा अन्त्यका लागि कानुन कार्यान्वयन हुन आवश्यक रहेको बताउनुभएको छ। १११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना दिँदै उहाँले कानुन कार्यान्वयनमा राज्यलाई सघाउँनु पर्ने बताउनुभएको छ ।
‘अझै नेपाली महिला बोक्सी, छाउपडी र दाइजो जस्ता कुरीतिको शिकार भइरहेका छन्, यस्ता कुरीतिलाई हटाउन सबै हातेमालो गरेर अघि बढ्न जरुरी छ, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ,’ ‘कानुनको कार्यान्वयन गर्न राज्यलाई सघाउ पु¥याउँदै अघि बढे यी सबै समस्याको समाधान संभव छ ।’

राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको भन्दै मुख्यमन्त्री पोखरेलले संविधानको सफल कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभएको छ। विगतमा भएका आन्दोलन र संघर्षबाट नै संविधानमा महिला अधिकारका विषयलाई समेट्न संभव भएको पोखरेलको भनाई छ ।

लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पु¥याउन महिला दिवसको सन्दर्भमा आयोजना भएका कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उहाँले महिलाहरुको सक्रियता, जुझारुपन र अठोटको प्रति सम्मान समेत व्यक्त गर्नुभएको छ।
साथै उहाँले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

‘१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सबै महिला दिदीबहिनीहरुप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ पोखरेलले भन्नुभएको छ, ‘अब महिलाको सुरक्षा, सम्मान र रोजगारीको आधार खडा गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्न म सबै राजनैतिक दल, समुदाय, संघसंस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।’

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]