०४ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
इतिहासमा आजः महान् वैज्ञानिक आइन्स्टाइन जन्मेको दिन

Janata Bulletin आइतबार, चैत्र ०१, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

आज १४ मार्च । आजकै दिन १४२ वर्ष अघि सन १८७९ मा जन्मेका थिए महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन । यी सैद्धान्तिक भौतिक वैज्ञानिक (theoretical physicist) ​नभएको भए विज्ञान त हुन्थ्यो तर त्यसको स्वरुप, त्यसको उँचाइ के कस्तो हुन्थ्यो, हामी त्यसको अनुमान लाउन सक्दैनौँ ।

१८ अप्रिल, १९५५ मा यस जगतबाट बिदा हुनुपूर्व विज्ञानका क्षेत्रमा उनले गरेका तमाम अध्ययन, अनुसन्धान, खोजले उनलाई विज्ञानका विभिन्न शाखामा कहिल्यै विस्मृत नहुने गरी स्थापित बनाइसकेको थियो । विज्ञान जगतका अनेकौँ खोज उनको मृत्यु पश्चात् भए । तर तीमध्ये धेरै खोज उनले प्रस्तुत गरेका सिद्धान्तमाथि टेकेर भए।

‘म प्रतिदिन यस कुराको प्रत्यक्ष अनुभव गर्छु, मेरो भित्री र बाहिरी जीवनको निर्माणमा अनगिन्ती मानिसका हात र मस्तिष्कको भूमिका एवम् सहयोग रहेको छ । यस अनुभूतिको उद्दीपनले मेरो अन्तःकरण सधैँ नै मलाई घचेटी रहेको हुन्छ । म कम्तिमा समाज र विश्वलाई यति त दिन सकौँ जति मैले यसबाट लिएको छ,’ आइन्स्टानको यो महावाणी अझै सान्दर्भिक छ । हामी सबैले आइन्स्टाइनको यस महावाणीलाई आत्मसात गर्न सके हाम्रो आफ्नो जीवन परिवर्तित हुनुका साथै शायद विश्व नै हामीले कल्पना गरेजस्तै सुन्दर शान्तभूमि बन्ने थियो ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]