०४ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
म्यानमारमा भइरहेकाे प्रदर्शनमा ज्यान गुमाउनेकाे सङ्ख्या पाँच सय ८० नाघ्यो

जनता बुलेटिन बुधबार, चैत्र २५, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाण्डाै – म्यानमारमा भइरहेको प्रदर्शनमा सैन्य सरकारको दमनबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ८० नाघेको छ । बुधवार एकैदिन १३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ८० नाघेकाे समाचार संस्था रोयटर्सले जनाएको छ ।

अहिलेसम्म ज्यान गुमाउनेहरूमा धेरैजसो युवा अवस्थाका मानिस रहेका राष्ट्र सङ्घीय मानव अधिकार आयोगले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घ महासचिवको कार्यालयले विज्ञप्ति निकालेर सैन्य सरकारले हिरासतमा रहेका नागरिकको समेत हत्या गरेको र प्रदर्शनकारीमाथि चर्को दमन गरेर क्रुर रूप देखाएको बताएको छ । सैन्य सरकारले हिंसालाई अझ बढाउँदै लगेको पनि विज्ञप्तिमा भनिएको छ ।

सेनाले दमन गरे पनि म्यानमारमा सैन्य ‘कू को विरोध हुन र सरकारले प्रदर्शनकारीको हत्या गर्न छोडेको छैन । हिंसा चर्किएपछि म्यानमारका कैयौँ नागरिक छिमेकी देश थाइल्याण्ड गएका छन् भने धेरै मानिस घर छाडेर ओडारमा बस्न बाध्य भएका छन् ।

म्यानमारमा गएकाे फेब्रुअरी १ मा सेनाले ‘कू’ गर्दै आङ सान सुकीलगायतका नेताहरूलाई हिरासतमा लिँदै सत्ता हात लिएपछि त्यसकाे विराेधमा प्रदर्शन भइरहेकाे छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]