०४ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
विद्युतमा कोरोनाको धक्का

जनता बुलेटिन शुक्रबार, चैत्र २७, २०७७ मा प्रकाशित

featured photo: Janata Bulletin

राष्ट्रिय प्रसारणमा हरेक वर्ष १ हजार मेगावाट विद्युत् थप गर्ने सरकारको लक्ष्यमा कोभिड १९ ले धक्का दिएको छ। सरकारको ४५६ र निजी प्रवर्द्धकका ५०० गरी १ हजार मेगावाट थप गर्ने लक्ष्य थियो। तर, यो आर्थिक वर्ष जलविद्युत् आयोजनाबाट ६४३ मेगावाट मात्रै थपिने देखिएको छ।

चालु वर्षको नौ महिनामा निजी प्रवर्द्धकहरूको ३७ मेगावाट विद्युत् मात्र राष्ट्रिय प्रसारणमा जोडिएको छ। निजी प्रवर्द्धकबाटै असारसम्ममा थप १५० मेगावाट थपिने अनुमान छ। सरकारी स्वामित्वको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीबाट वैशाखभित्र पहिलो युनिटको ७६ मेगावाट जोडिने अहिलेको प्रक्षेपण छ। बाँकी ५ युनिटको बिजुली क्रमशः जोडिने आयोजनाले बताएको छ। माथिल्लो तामाकोसीसहित करिब ८२५ मेगावाट चालु वर्ष राष्ट्रिय प्रसारणमा जोडिने नेपाल विद्युत् प्राधिकरणले आकलन गरेको थियो। यही अवधिमा सौर्य ऊर्जाबाट १८ मेगावाट राष्ट्रिय ग्रिडमा थपिएको छ।

सरकारी र निजी प्रवर्द्धकबाट ४ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणका विभिन्न चरणमा छन्। ९०७ मेगावाटका ७ आयोजना प्राधिकरण र सहायक कम्पनीले निर्माण गरिरहेका छन्। ३ हजार मेगावाटका १ सय ८० आयोजना निजी प्रवर्द्धकले निर्माण गरिरहेका छन्।

प्रतियुनिट २० करोड रुपैयाँ लगानीलाई आधार मान्दा निजी प्रवर्द्धकका आयोजनामा ६ खर्बभन्दा बढी लगानी रहेको देखिन्छ। निर्माणमा कुनै बाधा नआए यी आयोजना सन् २०२१ देखि सन् २०२४ सम्ममा विद्युत् उत्पादनमा गइसक्ने अनुमान गरिएको छ।

६ हजार मेगावाटका आयोजना विद्युत् खरिद सम्झौता गरी निर्माण चरणमा जाने तयारीमा छन्। तर, गत वर्ष चैतमा सुरु भएको कोभिडको असरका कारण यी आयोजना निर्माणको समयसीमा कम्तीमा एक वर्ष पछि धकलिएको छ। कोभिडको दोस्रो लहरले यी आयोजनाको निर्माणको काम पुनः प्रभावित बन्ने देखिएको छ। कोभिडको दोस्रो लहर भारतलगायत मुलुकमा सुरु भइसकेको अवस्थामा सामान आयात, कामदारलगायतमा असर देखिन थालेको छ। यसले समयसीमासँगै आयोजनाको लागत बढाउने देखिन्छ।

आयोजना निर्माणमा एक वर्ष ढिलाइ हुँदा त्यसले दुरगामी असर गर्ने स्वतन्त्र ऊर्जा उत्पादक संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष आशिष गर्ग बताउँछन्। लागत बढ्नु भनेको अन्य खर्चसँगै आयोजना निर्माणका लागि लिइएको ऋणको ब्याज एक वर्ष थपिनु पनि हो। निर्माणाधिन आयोजनाहरूले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल लगानीको करिब ८० प्रतिशत ऋण लिएका हुन्छन्। यस्तो ऋण कम्तीमा १० प्रतिशत ब्याजमा लिएको मान्दा निर्माणाधीन आयोजनाले वार्षिक २० अर्ब रुपैयाँ वित्तीय संस्थालाई ब्याज मात्र बुझाउने हुँदा यसले लागत बढाउने गर्गको भनाइ छ। आयोजना पछि धकेलिँदा व्याजसँगै सामानहरू, ज्यालादारीलगायत महँगो हुँदा प्रत्येक आयोजनालाई २० प्रतिशतसम्मको वार्षिक व्ययभार थपिएको छ। साथै, यसले आयोजनाबाट आउने प्रतिफलमा पनि असर गर्ने देखिन्छ। अन्नपूर्ण पोस्ट दैनिकमा सुनिता कार्कीले खबर लेखेकी छन् ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]