०४ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
विश्व हिमोफेलिया दिवस मनाइँदै

जनता बुलेटिन शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाण्डाै – आज विश्व हिमोफेलिया दिवस । ‘परिवर्तनलाई आत्मसाथ गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदै छ ।

हिमोफेलियाको बारेमा सचेतना जगाउन यो दिवस अप्रिल १७ तारिखमा मनाउने गरिन्छ । हिमोफेलिया रगत सम्बन्धी रोग हो ।

कुनै पनि सामान्य व्यक्तिलाई चोट लागेपछि रगत बगेर केही समयमै रोकिन्छ । तर हिमोफेलिया भएका व्यक्तिमा भने चोट लागेको ठाउँमा बगिरहेको रगत जम्न पाउँदैन ।

सामान्य मानिसको शरीरमा घाउचोट लाग्दा बगेको रगत जमाउने तत्व हुन्छ, जसले सामान्य चोटपटक लाग्दा धेरै रक्तश्राव हुन दिँदैन ।

शरीरमा रगत जमाउन आवश्यक तत्वहरुको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्था हिमोफेलिया हो । जसले गर्दा सानो चोटपटक लाग्दा पनि धेरै रगत बग्ने समस्या देखिने हेमाटोलोजिष्ट डा. विशेष पौडेल बताउनुहुन्छ । मांसपेशी र जोर्नीमा आन्तरिक रुपमा रक्तश्राव भएपछि शरीरमा निलो टाटाहरु देखिन्छ ।

समस्या देखिनासाथ रगत जँचाउन उहाँको सुझाव छ । सामान्यतया हिमोफेलियाको लक्षण ६ महिनादेखि एक वर्षको उमेरभित्र थाहा हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक १० हजार व्यक्तिमा एकजनालाई हिमोफेलिया हुने गरेको तथ्याङ्क छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]