०४ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
अजय देवगन स्टारर ‘भुज’ : २० करोडको एक्सन सिनको भिएफएक्स खर्च ३५ करोड

एजेन्सी आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

एजेन्सी, मुम्बई,

बलिउड अभिनेता अजय देवगन स्टारर फिल्म ‘भुज : प्राइड अफ इन्डिया’ को प्रदर्शनमा ढिलाइ भइरहेको छ । यो फिल्मलाई यसपालीको आइपिएलको समयमा ओटीटी प्लेटफर्म हटस्टारमा रिलिज गर्ने तयारी गरिएको थियो । यसका लागि हटस्टारले अजयसँग एक प्रमोसनल एड पनि बनाएको थियो । तर, अहिलेसम्म यो फिल्मको पोस्ट प्रोडक्सनको काम नै सकिएको छैन ।

अब फिल्मलाई इदमा रिलिज गर्ने तयारीमा हटस्टार छ । ‘भुज’ लाई इदमा रिलिज गर्न लाग्नुको कारण यो फेस्टिवलमा ‘राधे’ र ‘सत्यमेव जयते २’ हलमा रिलिज हुने सम्भावना न्यून छ । यी दुई फिल्मको रिलिज रोकिए ‘भुज’ ले दर्शक लोभ्याउन सफल हुने विश्वास हटस्टारको छ । अभिषेक दुधैयाको निर्देशनमा बनेको फिल्ममा सञ्जय दत्त र सोनाक्षी सिन्हाको पनि मुख्य भूमिका छ ।

फिल्मको ७० प्रतिशत हिस्सा एक्सन सिनले भरिएको छ । ‘बाहुबली’ फेम एक्सन डाइरेक्टर पीटर हेन्सले निर्देशन गरेको एक्सन सिन खिच्न प्रयोग गरिएको प्रोपर्टीमा निर्माण टिमले १० करोड खर्चिएको छ भने फिल्ममा असली ट्यांक प्रयोग गरिएको छ, जसमा १० करोड खर्च भएको छ । २० करोडमा खिचिएको एक्सन सिक्वेन्सको भिएफएक्समा ३५ करोड खर्च भएको बताइएको छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]