०४ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
लुम्बिनी प्रदेशद्वारा रुपन्देही र बाँकेमा विद्युतीय बस सञ्चालन गर्ने तयारी

जनता बुलेटिन सोमबार, बैशाख ०६, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

दाङ – लुम्बिनी प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष प्रदेशका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको छ ।

लुम्बिनी प्रदेशको रुपन्देही र बाँके जिल्लाका दुई ठाउँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेकाे हाे । प्रदेश सरकारले तीन ठाउँमा विद्युतीय बस चलाउने तयारी गरेकाे भए पनि दाङमा भने सडक विस्तारको काममा ढिलाइ भएका कारण आउँदाे आर्थिक वर्षमा विद्युतीय बस सञ्चालन गर्न नसकिने भएको हो ।

घोराही-तुलसीपुर सडक विस्तारको काम पूरा नहुँदा दाङलाई छोडेर आउँदाे आर्थिक वर्ष बाँकेको नेपालगञ्ज-कोहलपुर सडक र रुपन्देहीको बुटवल-भैरहवा सडकखण्डमा विद्युतीय बस सञ्चालन गर्ने तयारी अघि बढाइएको छ ।

विद्युतीय बस सञ्चालनका लागि सम्भाव्यता अध्ययनसँगै जग्गा छनोटका लागि सरकारलाई आग्रह गर्ने काम गरिएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मज्गैयाँले बताउनु भयो ।

विद्युतीय बस सञ्चालनका लागि पालिकाहरुले जग्गा छनोट गर्ने, प्रदेश सरकारले बसहरु चार्ज गर्नका लागि चार्जिङ स्टेशन निर्माण गरिदिने र सम्बन्धित ठाउँका व्यवसायी समितिहरुलाई नै बस सञ्चालनको जिम्मा दिने गरी काम अघि बढाउन थालिएको छ । प्रदेश सरकारले नै बस किनेर चलाउने नभइ सरकारले विद्युतीय बस सञ्चालनका लागि वातावरण बनाइ दिने मज्गैयाँले बताउनु भयाे ।

‘बस चलाउनका लागि प्राइभेट कम्पनीलाई दिने गरी कामलाई अघि बढाउँदै छौँ’’ उहाँले भन्नुभयो ‘प्रदेश सरकारले व्यवसायीलाई विद्युतीय बस सञ्चालनका लागि ठाउँ निर्माण गरिदिने र बस खरिदका लागि सहुलियत दिन्छ ।’ उहाँले विद्युतीय बस सञ्चालनका लागि पालिकाहरु समेत उत्साहित देखिएको बताउनु भयाे ।

साथै, ती ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिने भएकाे छ । प्रदेश सरकारले पालिकाहरुसँगै प्राइभेट कम्पनीहरुसँग मिलेर काम गर्नसके खर्च कम हुने मज्गैयाँले बताउनु भयाे । कम्तीमा दुई ठाउँहरुमा ७/८ वटाका दरले बसहरु ल्याएर चलाउने तयारी गरेकाे छ ।

‘सम्भाव्यता अध्ययन गरेका दुवै रुटहरुमा सडकको राम्रो अवस्था रहेको र पालिकाहरु उत्साहित देखिएकाले पाइलट प्रोजेक्टका रुपमा आउँदाे आर्थिक वर्ष बस सञ्चालन गर्ने गरी काम अघि बढ्नेछ । पहिलो प्रोजेक्ट सफल भएपछि दाङको घोराही-तुलसीपुर सडकखण्डमा विद्युतीय बस चलाउने छौँ ’मज्गैयाँले भन्नुभयाे ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]