०४ जेठ २०७८, मंगलबार
Close
बिज्ञापन
वैशाख ८ गते, बुधवार, हेर्नुहोस् आजको राशिफल ।

जनता बुलेटिन बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

२०७८ वैशाख ८ गते, बुधवार, २१ अप्रिल २०२१। चैत्र शुक्लपक्ष, नवमी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि– कर्कट।

मेष – बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ।

वृष – प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। व्यापारमा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन्। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा सामान्य लाभ हुनेछ तर चिताएको दाम नउठ्न सक्छ। मिहिनेतले काम बनाउन सकिनेछ।

मिथुन – विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। वादविवादमा परिने समय भएकाे हुँदा थाेरै बाेल्नु बुद्धिमानी हुन्छ। सहयोगीहरूकाे साथले रोकिएका काम सम्पादन गर्न सकिनेछ।

कर्कट – प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।

सिंह -अर्थअभावले विशेष काम रोकिन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापटमा गएको रकम भने फिर्ता हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।

कन्या – आजको लाभांश सञ्चय नहुन सक्छ। व्यावसायिक काममा लगानी बढाउनुपर्ला। सरसापटमा धन बाहिरिन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि धन जुट्न समय लाग्नेछ। भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला। आवश्यक पर्दा कर्जामार्फत धन जुट्नेछ। केही जिम्मेवारी पनि प्राप्त हुनेछ।

तुला – मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ। सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ। मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला।

वृश्चिक – सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। फजुल खर्च भने बढ्न सक्छ। विश्वासघात गर्नेहरू सक्रिय रहनेछन्।

धनु – काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप पनि बढ्न सक्छ।

मकर – भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। तर बलजफ्ती प्रयत्न गर्दा समस्या आउन सक्छ।

कुम्भ – मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ।

मीन – अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तर मिहिनेत गर्दा बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]