०४ जेठ २०७८, मंगलबार
Close
बिज्ञापन
मोडल अफ तिलोत्तमा सिजन-२ को उपाधि रेजिना कार्कीको हातमा ।

जनता बुलेटिन बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

बुटवल । मोडल अफ तिलोत्तमा सिजन–२ को उपाधि रेजिना कार्कीले हात पारेकी छिन । बुटवलमा करिब एक महिना देखि विभिन्न चरणका अडिसन हुँदै भएको फाइनलमा सात जना प्रतियोगीलाई पछी पार्दै उपाधि जितेकी हुन ।

प्रतियोगितामा फस्ट रनर अपको उपाधि बिनु पुन , सेकण्ड रनर अपको उपाधि रोमा पाण्डेले हात पार्न सफल भएकी छन् । भ्युअर च्याइस दिपक सुनारले उपाधि प्राप्त गरेका छन् भने अर्गनाइजर च्वाइस र मस्ट एक्टीभको उपाधि गोबिन्द पौडेलले प्राप्त गरेका छन् । त्यसै गरि मस्ट कन्फीडेन्ट अवार्ड रोमा पाण्डेले प्राप्त गरेकी छिन बेस्ट स्टेज परफर्मर र मस्ट डिसीपिलिनको उपाधि उषा रावलले प्राप्त गरेकी छिन ।

आयोजक द डाइनामिक फेसन स्टाइलका प्रवन्ध निर्देशक श्रेयान अचार्यको अध्यक्षता र बुटवल फिटनेश एण्ड जिम हाउसका प्रमुख बिजेनमान श्रेष्ठको आतिथ्यतामा सम्पन्न ग्राण्ड फिनालेमा निर्णायकहरुमा दिवाकर पौडेल, दिपा पाठक र अमिसा थापा लगायतको रहेको थियो । कार्यक्रममा चियरमेन सौरभ रेग्मी , फेसन कोच युकेशमन ज्ञवाली, एसिस्टेन कोरोयोग्राफर सुरज परियार, सल्लाहकार माधव अर्याल , इभेन्ट डाइरेक्टर जीवन शर्मा रहेका थिए ।

प्रतियोगितामा विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएको थियो । आविष्कार पराजुली सञ्चालनमा भएको कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]