०६ आश्विन २०७८, बुधबार
Close
बिज्ञापन
चैतसम्म ३ करोड २३ लाख मात्रा खोप आउँछ : स्वास्थ्य मन्त्रालय

Janata Bulletin सोमबार, साउन ११, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

सरकारले बालबालिकाका लागि ६० लाख मात्रा कोरोना विरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको छ । १२ वर्षदेखि माथिका बालबालिकाहरुका लागि खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले बालबालिकाका लागि खोप ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

सोमबार बसेको प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले असोजदेखि चैतसम्म ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुने बताए । यद्यपि सरकारले चैतसम्म ४ करोड २८ लाख ४८ हजार बढी मात्रा खोप प्राप्त हुने प्रक्षेपण गरेको छ ।

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात २ करोड १५ लाख जनसंख्यालाई खोपको प्राथमिकतामा पारेको थियो । त्यसमा बालबालिका परेका थिएनन् । तर अहिले १२ देखि १८ वर्षसम्मका ४९ लाख बालबालिका समेत गरी २ करोड ६४ लाख जनालाई खोप दिने लक्ष्य सरकारले राखेको छ ।

असोज मसान्तभित्रै १ करोड ५ लाख ४८ हजार मात्रा खोप प्राप्त गर्ने डा. लोहनीले जानकारी दिए । जापानबाट १६ लाख डोज एक्स्ट्राजेनेका खोप भदौको पहिलो साता नेपाल आइपुग्ने भएको छ । यस्तै कोभ्याक्सबाटै ३ लाख ४८ हजार डोज खोप भदौको चौंथो साता नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै चीनबाट साउनको अन्तिम हप्ताभित्र १६ लाख डोज खोप नेपाल भित्रिने डा. लोहनीले बताए । यो खोप अनुदान र खरिद प्रक्रियाबाट ल्याइने उनले बताए । चीनबाट भदौ मसान्तसम्म ६० लाख डोज खोप नेपाल भित्रिने उनको दाबी छ । यस्तै भारतबाट प्राप्त गर्न बाँकी १० लाख डोज (कोभिसिल्ड) खोप भदौ दोस्रो सातासम्म आइपुग्ने डा.लोहनीले बताए । लोहनीका अनुसार २० प्रतिशत कोभ्याक्स खोप निःशुल्क प्राप्त हुँदैछ । जुन १ करोड १३ लाख मात्रा हो । बालबालिकाहरु चैत्र मसान्तसम्म फाइजरको ६० लाख मात्रा खोप नेपालले प्राप्त गर्ने डा.लोहनीको दाबी छ ।

हालसम्म ३४ लाख ५ हजार १ सय ५४ अर्थात १५.८ प्रतिशत जनताले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइसकेका छन् भने १४ लाख ३० हजार ४ सय १५ अर्थात ६.६ प्रतिशतले दुवै डोज खोप लगाएको डा. लोहनीले जानकारी दिए । नेपालमा कोभिशिल्ड, भेरोसिल र जोनसन एण्ड जोनसन खोप प्रयोगमा ल्याइएको छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]