०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
एकै दिन ३ हजार ४ सय २१ जनामा काेराेना सङ्क्रमण पुष्टि

Janata Bulletin सोमबार, साउन ११, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन हजार चार सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार दुई सय ४० जनाको पीसीआर र पाँच हजार ३२ जनाको एन्टिजेन गरी १७ हजार दुई सय ७२ जनाको परीक्षण गर्दा तीन हजार चार सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको झन्डै २० प्रतिशत हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ३८ हजार नौ सय १८ जना पुगेको छ ।

यस्तै गएकाे २४ घण्टामा एक हजार ६ सय ८६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४५ हजार तीन सय एक पुगेको छ ।

यही अवधिमा थप २५ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार सात सय ३८ पुगेको छ ।

अहिले नेपालमा २७ हजार नौ सय आठ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय ६९ जनाको आईसीयू र एक सय ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]