३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
जन्मदा झन्डै स्याउ जत्रो थिइन् ‘विश्वकै सानी बालिका’, अस्पतालबाट भइन् डिस्चार्ज

एजेन्सी मंगलबार, साउन २६, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाडौं -विश्वकै सानो बच्चाका रुपमा चर्चा पाएकी शिशु १३ महिनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । यु छुआन नामकी यी बालिका जन्मँदा केवल २४ सेन्टिमिटर उचाइकी थिइन् । उनको तौल केवल २ सय १२ ग्राम थियो, जो स्याउ बराबर हुन्छ । उनी २५ साताभन्दा पहिल्यै जन्मिएकी थिइन् । जबकी, औसत रुपमा शिशुको जन्म ४० सातामा हुन्छ ।

यसअघि ‘सानी शिशु’ को रेकर्ड एक अमेरिकी बालिकाको नाममा थियो । उनी २०१८ मा जन्मिएकी थिइन् । जन्मँदा उनको तौल २ सय ४५ ग्राम थियो ।

१३ महिनाको उपचारपछि अहिले यु छुआन र उनकी आमा दुबै स्वस्थ भएका छन् । अहिले यु छुआनको तौल ६ दशमलव ३ केजी छ । सिंगापुरको राष्ट्रिय विश्वविद्यालय अस्पतालले यी बालिका जन्मिएपछि बाँच्ने संभावना निकै कम मात्रै रहेको जनाएको थियो । ‘जन्मदा देखिएको यस्तो स्वास्थ समस्याका बाबजुद यी शिशुले आफु आसपासका मानिसलाई प्रेरित गरेकी छिन् । उनी राम्रोसँग बढिन्, कोभिड १९ ले मानिसहरु संकटमा फसेको समय उनले आशाको सञ्चार गराइन्,’ अस्पतालले विज्ञप्ति जारी गर्दै भनेको छ ।

अस्पतालमा धेरै उपचार विधि र औषधी तथा उपकरणको प्रयोगमार्फत यु छुआनलाई बचाइएको थियो । चिकित्सकहरुले उनको स्वास्थ सुध्रेको र विकास पनि राम्रोसँग भएको भन्दै डिस्चार्ज गरेका हुन् । यद्यपी, यु छुआनमा अझै फोक्सोको समस्या देखिएको छ, जसकारण उनले घरमा सास फेर्नका लागि सहयोग लिनुपर्छ । आमा वोङ मेई लुङले यति सानो शिशु जन्मँदा पहिले आफु स्तब्ध बनेको बताइन् ।

किनकी, यी आमाका चार वर्षीय छोरा भने जन्मँदा स्वस्थ र सामान्य नै थिए । यु छुआनलाई अस्पताल भर्ना गरेपछि उपचारमा सहयोगका लागि मानिसहरुले रकम संकलन गरेका थिए, यो रकम बाबु–आमाले अस्पतालमा तिरे ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]