३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
जहाँ बेहुलाको साथीहरुले उतार्छन् बेहुलीको कपडा

एजेन्सी बिहिबार, साउन २८, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

संसारमा अलग–अलग खाले रीतिरिवाज र परम्परा हुन्छन् । चीनको एउटा परम्पराले पनि तपाईलाई चकित पार्नसक्छ । यहाँ विवाहपछि बेहुलाका साथीहरुले बेहुलीलाई आफ्नो काँधमा राखेर उठाउँछन् । त्यसपछि बेहुलीको कपडा उतार्छन् । तर, दुलहाले यसको विरोध गर्दैनन् । बरु, दुलहीका साथीहरुले ती केटाहरूलाई रोक्ने कोसिस गर्छन् ।

यदी दुलहाका साथीहरु दुलहीको कपडा उतार्न सफल भए भने दुलहा पक्षले जितेको मानिन्छ । यदी, दुलहीका साथीहरु आफ्नी साथीलाई बचाउन सफल भए भने दुलही पक्षले जितेको मानिन्छ ।

यतिमात्रै होइन, विवाहको खेल खेल्ने नाममा नवविवाहित जोडीले कम्बलमा पल्टने र सुहागरातको अभिनय गर्नुपर्ने हुन्छ । पाहुनाहरूले दुलहीलाई किस गर्ने, स्ट्रिप गर्ने, उनको शरीरमा स्याही वा यस्तै केही कुराहरु फ्याँकिदिने, उनको कपडा तानिदिनेलगायत परम्परा समेत छ ।

विश्वभर यस परम्पराको विरोध भएपछि चीनको एक शहरले अब वैवाहिक समारोहमा यस्तो उच्छृङ्खल खेल खेलाउन प्रतिबन्ध लगाएको छ । चीनको सेनडान्ग प्रान्तस्थित जोजिङ सिटीले भर्खरै एक नोटिस जारी गरेको छ । जसमा उल्लेख छ, ‘विवाहका दौरान दुलहा वा दुलहीलाई स्ट्रिप गर्न, उनीहरुलाई बाँध्न र उनीहरुमाथि कुनै पनि तरिकाले जबर्जस्ती गर्न प्रतिबन्ध छ ।’

यस सूचनामा विवाहका लागि आएका पाहुनाले दुलहा वा दुलहीलाई जर्बजस्ती किस गर्न र गर्न लगाउन, नवविवाहितहरुको हात र खुट्टामा कुनै चिज लगाइदिन वा उनीहरुमार्फत, उत्शृंखल प्रस्तुति गराउन प्रतिबन्ध लगाइएको उल्लेख छ ।

सन् २०१८ मा चीनको शहर गोईज्हुमा एक दुलहाका साथीहरुले उनको पुरै कपडा उतारिदिएका थिए । २४ वर्षका यी व्यक्ति केवल आफ्नो अन्डरवेयर लगाएर बसेका थिए र उनको शरीरमा साथीहरुले स्याही फालिदिएका थिए । विवाहको परम्परा भन्दै साथीहरुले निकै हंगामा मच्चाएका थिए । र, साथीहरूबाट बचेर भाग्ने क्रममा यी व्यक्ति कारमा गएर ठोक्किएका थिए ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]