३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
आज काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा निकाे हुने धेरै

Janata Bulletin शुक्रबार, भाद्र ११, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । यसअघि गएको शनिवार र आइतवार पनि सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी थियो ।

पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ३७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख आठ हजार दुई सय ३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा दुई हजार ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार एक सय १७ जनाको नमुना परीक्षण गर्दा दुई हजार ६५ जनामा सङ्क्रमण देखिएको हो । योसँगै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ३८ हजार नौ सय ४८ पुगेको छ ।

२४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १५ दशमलव ७४ प्रतिशतमा काेराेना सङ्क्रमण देखिएकाे छ ।

यही अवधिमा कोरोना सङ्क्रमणका कारण थप २५ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ६ सय ६३ पुगेको छ ।

अहिले नेपालमा ३७ हजार पाँच सय ९९ सक्रिय सङ्क्रमित रहेकामा ६ सय ६२ जनाको आईसीयू र एक सय ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]