३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
नायिका वर्षाले किनिन् साढे २ करोडमा अपार्टमेन्ट

Janata Bulletin बुधबार, भाद्र १६, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

नेपाली चलचित्रका कलाकारहरुको जीवनशैली फेरिदो छ । महंगा गाडी र अपार्टमेन्ट खरिद गर्दै कलाकारहरु आनन्दको जीवन विताउन चाहन्छन् । केही हप्ता अगाडि मात्र गायक प्रकाश सपुत, नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकार जितु नेपालले महंगो रकममा कार खरिद गरेका थिए ।

अब, नायिका वर्षा सिवाकोटीले महंगो रकममा अपार्टमेन्ट खरिद गरेकी छिन् । वर्षाले दिएको जानकारी अनुसार, हात्तीवनमा रहेको सिटी स्केप्टमा थ्रि बीएचके अपार्टमेन्ट उनले खरिद गरेकी हुन् । वर्षाका अनुसार, अपार्टमेन्टको मुल्य साढे २ करोड परेको छ । उनले भनिन्–‘आमाको सहयोगमा मैले यो अपार्टमेन्ट खरिद गरेकी हुँ । अब, यो अपार्टमेन्टमा ममी र म बस्छौं ।’

वर्षाले आजै पूजा गरेर अपार्टमेन्टको बसाई सुरु गरेको समेत जानकारी दिइन् । सितापाइलामा संयुक्त परिवारमा रहँदै आएकी वर्षा विगत एक बर्षदेखि कौशलटारमा बस्दै आएकी थिइन् । अब भने आफू र ममी मात्र अपार्टमेन्टमा रहने उनको भनाई छ । वर्षाले निषेधाज्ञा सुरु भएपछि अपार्टमेन्ट खरिदको प्रक्रिया अगाडि बढाएकी थिइन् । वर्षाले केही महिना अगाडि मात्र कार समेत किनेकी थिइन् ।
वर्षाले अभिनय गरेका ‘परदेशी २, मनदेखि मनसम्म, ए साथी सुन’ लगायतका चलचित्र रिलिजका क्रममा छन् । वर्षा म्युजिक भिडियोमा पनि व्यस्त छिन् ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]