३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
सपना बनिन् डेनमार्कमा पहिलो नेपाली महिला बस चालक

Janata Bulletin बुधबार, भाद्र १६, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

कोपगहेगन । बागलुङ मूल घर भएकी सपना खड्का डेनमार्क आएको पाँच वर्ष मात्रै भयो । फरक देश, फरक भाषा र यहाँको रहनसहनमा घुलमिल हुन मात्रै पनि जोकोहीलाई वर्षौ लाग्ने गर्छ। तर आफ्नो मेहनत, परिश्रमले उनले ठूलो फड्को मारिन्।

सपनाले डेनमार्कका सडकमा सार्वजनिक बस हाक्न सफल भएकी छिन्। डेनमार्कमा सार्वजनिक यातायातमा एक सम्मानित पेसाको रुपमा लिइने ‘बस चालक’ को रुपमा उनले आफूलाई उभ्याउन सफल भएकी हुन्।

डेनमार्कमा बस चालक बन्न त्यति सजिलो छैन। सबैभन्दा ठूलो बाधक भाषा बन्दै आएको छ। सवारी चालक अनुमति पत्र प्राप्त गरे पश्चात् डेनमार्कको स्थानीय डेनिस भाषामा पोख्त भएर भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ। त्यसपछि मात्र ठूलो गाडी अर्थात् बसको अनुमति पत्र लिनको लागि त्यस सम्बन्धी कोर्स गर्न योग्य हुन्छ।

डेनिस भाषा सिकी, भाषा परीक्षा पनि उत्तीर्ण भैसकेपछि बस चालक अनुमति पत्रको कोर्स उत्तीर्ण गरेर स्थानीय सडकहरुमा बस चलाउन सक्षम भएपछि मात्र बस चलाउने अनुमति पत्र प्राप्त हुन्छ। यी सबै खुड्किला पार गर्दै सपना डेनमार्कको नेपाली समुदायमा पहिलो नेपाली महिला बस चालक बन्न सफल भइन्।

डेनमार्क आएपछि अरू सामान्य कामहरू गर्दै गर्दा अलि दक्षता भएको काम गर्नुपर्छ भन्ने आफूलाई लागेको उनले बताइन् । ‘डेनमार्क आएको दुई वर्ष पुग्दा मलाई अलि स्थिर तथा दक्ष काम गर्नुपर्छ भन्ने लागेको थियो। त्यसैले यहाँको भाषा सिक्न स्थानीय भाषा स्कुलमा भर्ना भए। भाषाको योग्यता पुगेपछि बस चालक बन्ने रहर जागेको थिय,’ सपनाले आफूले देखेको सपना सुनाइन्।

डेनमार्कमा आफ्नो परिवार श्रीमान्, एक छोरी र एक छोरासँगै बस्दै आएकी खड्काको सफलतामा आफ्नो परिवारको ठूलो योगदान रहेको उनले बताइन् । श्रीमान् मोहन खड्काले आफ्नो लागि धेरै सहयोग र अगाडि बढ्न प्रेरित गरेको उनको भनाइ छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]