३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
नेपाल टेलिकमको मोबाइलमा समस्या

रासस शुक्रबार, भाद्र १८, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाण्डाै – नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । केही दिनदेखि टेलिकमको मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।

टेलिकमले सूचना निकालेर समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको छ । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता अवस्था पनि पाइएको छ ।

यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेका कुनै एप वा वेबसाइटका माध्यमबाट हुनसक्ने भएकाले मोबाइल सेटमा अनावश्यक र शङ्कास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन टेलिकमले अनुरोध गरेको हो ।

टेलिकमले अनधिकृत र अनावश्यक कलबाट बच्नका लागि सतर्क हुन आग्रह गर्दै उपलब्ध गराउने लकिङ कोडको प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा त्यो सेवा पुनः बन्द गर्न सकिने जनाएको छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]