३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
एमसीसी उपाध्यक्षसहितको टोली स्वदेश फिर्ता

Janata Bulletin सोमबार, भाद्र २८, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाण्डाै – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल भ्रमण पूरा गरी फर्किएको छ। उपाध्यक्ष सुमारसहितको टोली हिजो बेलुकी स्वदेश फर्किएको हो।

उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो ।

सबै भेटवार्तामा एमसीसी प्रतिनिधिमण्डलले नेपालको भौतिक पूर्वाधारको विकासका लागि परियोजना महत्त्वपूर्ण रहेको बताएको थियो । स्वदेश फर्कनुअघि पत्रकार सम्मेलन गर्दै सुमारले सम्झौता संसदबाट अनुमोदन गर्न अत्यन्त जरुरी रहेको र छिटो अनुमोदन हुनेमा आफू आशावादी रहेको बताउनुभएको थियो।

तर दलहरुबीच एकमत नहुँदा एमसीसी सम्झौता तत्काल अघि नबढ्ने सङ्केत देखिएको छ । सुमारसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन र विपक्षीसँग छलफल गरेर मात्र सम्झौता अघि बढाउने बताउनुभएको छ।

सत्ता गठबन्धन दलभित्रै एमसीसीबारे समान धारणा बन्न सकेको छैन । प्रमुख प्रतिपक्षी एमालेले सम्झौता अघि बढाउने या नबढाउने जिम्मा सरकारको भएको बताएको छ । सम्झौतामा सडक सञ्जाल, विद्युत् प्रसारणलाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट ५० अर्ब सहयोग प्राप्त हुने हुने उल्लेख छ । तर संसदबाट अनुमोदन भएपछि मात्र सम्झौता कार्यान्वयन हुनेछ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]