३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक

Janata Bulletin आइतबार, आश्विन ०३, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाण्डाै – अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ ।

संविधान दिवसका अवसरमा गायिका विष्णु माझीलाई पनि प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने सरकारले निर्णय गरेको हो । चर्चित गायिका माझी सार्वजनिक नभएकाले पनि उहाँको बारेमा धेरैले चासो र चिन्ता राखेका छन् ।

गएको तीजमा उहाँले गाएको ‘तीजको दरै खान मन थियो, माइती घरै जान मन थियो, जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा’ बोलको गीत उहाँकै जीवनमा आधारित रहेको भन्दै उहाँको खोजी समेत गरिएको छ ।

विवाहित चेलीको वेदना समेटिएको गीतमा तीजमा माइत जाने, आमाले पकाएको दर खाने चेलीको रहर, घरका दुःख, श्रीमानबाट पाउने यातना प्रस्तुत गरिएको छ । यो गीत उहाँकै श्रीमान सुन्दरमणि अधिकारीले नै लेख्नु भए पनि धेरैले यो गीत माझीकै जीवनमा आधारित रहेको अनुमान लगाएका छन्।

माझीलाई आफ्नै श्रीमानले बन्धकमा राखेको भन्ने हल्लासमेत चलेको छ तर यसको कुनै पुष्टि भएको छैन । माझी सार्वजनिक नहुनुको कारण रहस्यमा नै छ । साङ्गीतिक क्षेत्रमा सफल हुन थालेसँगै गायिका माझी सार्वजनिक जीवनमा हुनुहुन्न ।

गीत रेकर्डिङ गर्दासमेत अनुहार छोपेर स्टुडियो जाने कुरा बाहिरिने गरेको छ । काठमाण्डौँ मै भए पनि गायिका विष्णु माझी इन्टरनेट र सामाजिक सञ्जालमा कतै भेटिनुहुन्न । रहस्यपूर्ण र गुमनाम जीवन बाँचिरहेकी माझी गीत गाउन स्टुडियो धाउनेबाहेक अन्य कुनै सार्वजनिक कार्यक्रममा जानुहुन्न ।

उहाँ माइती घर समेत नजाने गरेको पाइएको छ । स्याङ्जाको रत्नपुर गाविस–६ चापाकोटमा एक विपन्न परिवारमा जन्मेकी विष्णु माझी परिवारकी जेठी छोरी हुनुहुन्छ । गायिका माझीको अवस्था सार्वजनिक गर्न दबाब बढे पछि केही समय अघि स्याङ्जामा रहेको उहाँको माइतीमा प्रहरी सोधपुछका लागि पुगेको थियो ।

यस अघि पनि यस्तै दबाब परे पछि प्रहरीले माझीलाई सोधपुछका लागि बोलाएको थियो । तर, उहाँले आफ्नै इच्छाले गुमनाम जीवन बाँचिरहेको बताए पछि यो विषय त्यसै सेलाएको थियो । यसपालिको तीजमा ‘चरी जेलैमा’ बोलको गीत सार्वजनिक भए पछि फेरि उहाँ सार्वजनिक हुनु पर्ने कसरा उठिरहेको छ ।

यतिबेला सरकारले उहाँलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक दिने घोषणा गरे पछि धेरैलाई उहाँ पदक लिन जनुहोला कि नजानु होला भन्ने जिज्ञासा लागेको छ । संविधान दिवसका अवसरमा सरकारले उहाँसहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका ९ सय ३ जनालाई विभिन्न विभूषण र पदक दिने घोषणा गरेको छ ।

अहिले घोषणा गरिएको विभूषण र पदक वैशाख १ गते विशेष समारोहका साथ राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नु हुनेछ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]