३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
मंसिरमा प्रेमी निर्माणसँग बिहे गर्दै प्रविशा

Janata Bulletin बुधबार, आश्विन १३, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

गायिका प्रविशा अधिकारी बिबाह बन्धनमा बाँधिने तयारी गरेकी छिन् । उनी, अमेरिकामा रहँदै आएका निर्माण सिटौलासँग बिहेको तयारीमा छिन् । गायिका अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै मंसिरमा बिहेको कुरा भैरहेको बताइन् । प्रविशाले भनिन्–‘हुनत, असोजमा बिहे गर्ने भन्ने कुरा भएको थियो । तर, केही कारणले गर्दा मंसिरमा गर्ने तय भएको छ ।’

प्रविशा र निर्माणको भेट भने भएको छैन । अमेरिकामा रहँदै आएका निर्माणसँग प्रविशाको कुरा हुन थालेको ३ महिना भयो । निर्माणको परिवारबाट बिहेको प्रस्ताव आएपछि प्रविशाले वुझेर निर्णय लिने जवाफ दिएकी थिइन् । यसपछि, उनी र निर्माणविच कुराकानी हुन थालेको हो ।

प्रविशा भन्छिन्–‘मलाई पनि निर्माणको बानी ब्यहोरा मन परेपछि बिहे गर्ने निर्णय गरेकी हुँ । मलाई मान्छे राम्रो भन्दा पनि असल हुनुपर्छ भन्ने लाग्छ । निर्माणमा यी सबै गुण छन् ।’ निर्माणको घर झापाको चारपाने हो । प्रविशा पनि झापाकी नै हुन् ।

केही समय अगाडि सार्वजनिक भएको प्रविशाको स्वरमा समावेश ‘शब्द’ बोलको गीत शेयर गर्दै निर्माणले लेखेका छन्–‘साच्चिकै गज्जब ।’ नेपाली सेलिब्रिटीहरुले प्रेम र बिहेको कुरा लुकाएपनि प्रविशाले पनि यो बिषयलाई सार्वजनिक गरेकी छिन् । उनी, बिहे गरेर जीवनलाई नयाँ तरिकाले अगाडि बढाउने सोचमा छिन् ।

प्रविशाले नेपाली चलचित्रका दर्जनौ गीतमा स्वर दिएकी छिन् । केही समय अगाडि उनले ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा ‘फूल होइन’ बोलको गीत गाएपछि उनको चर्चा झनै चुलिएको थियो । प्रविशा हिमालय टीभीबाट प्रशारण हुने तयारीमा रहेको रियालिटी शो ‘भ्वाइस किड्स’को कोच समेत हुन् ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]