३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
२४ घण्टामा झन्डै ३ लाख जनाले काेराेनाविरुद्धकाे खाेप लगाए

Janata Bulletin बिहिबार, आश्विन १४, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा झन्डै तीन लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा दुई लाख ८९ हजार तीन सय ८१ जनालाई कोरोनाविरुद्धको खोप दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हिजो बुधवार पनि दुई लाख ८६ हजार जनाले काेराेनाविरुद्धकाे खोप लगाएका थिए । नेपालमा अहिलेसम्म कुल जनसङ्ख्याको २८ दशमलव नौ प्रतिशत अर्थात् ६२ लाख ८५ हजार सात सय ४० जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै ७४ लाख ५६ हजार तीन सय ८४ जनाले पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा थप एक हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार सात सय ६५ जनाको नमुना परीक्षण गर्दा एक हजार ७८ अर्थात् नौ दशमलव १६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९५ हजार ६१ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएकाे परीक्षणमा ९१ हजार पाँच सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप नौ सय ११ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६५ हजार सात सय ५८ पुगेको छ ।

२४ घण्टामा १२ जना सङ्क्रमितकाे ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

अहिले नेपालमा १८ हजार एक सय ६८ जना सक्रिय सङ्क्रमित रहेकोमा तीन सय ५३ जनाको आईसीयू र एक सय १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]