३० आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
मौसम बद्ली : कतै सिमसिम पानी, कतै मेघगर्जन

Janata Bulletin शनिबार, आश्विन १६, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका केही ठाउँमा अहिले सिमसिम पानी परिरहेको छ । दिउँसोसम्म नै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले देशका अरु ठाउँको मौसम बद्ली भएर प्रदेश-१, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ । दिउँसो पनि यी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

भारतको बिहारमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण यी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्नुका साथै अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना छ । राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

यो वर्षको मनसुन आजदेखि बाहिरिने मिति भए पनि केही दिन मनसुन रहिरहने उहाँले बताउनुभयो । मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार अब ठूलो पानी पर्ने सम्भावना छैन ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]