१८ मंसिर २०७८, शनिबार
Close
बिज्ञापन
विप्लव’ नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव बुटवलमा बिहानैदेखी

Janata Bulletin मंगलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव बुटवलमा बिहानै देखि परेको छ।सरकारले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य बढाएको बिरोधमा बन्द आव्हन गरेको हो ।

बुटवल क्षेत्रका सबैजसो सडकहरु सुनसान रहेका छन् । निजि सवारी साधन पनि छिटफुट मात्रामा चलेका छन् भने सार्वजनिक कुनै सवारी साधन चलेका छैनन् ।छोटो तथा लामो दुरीका कुनैपनि सवारी साधनहरु चल्न सकेका छैनन् । बसपार्कमा बसहरु पनि न्युन मात्रामा रहेका छन् । चोक चोकमा सुरक्षाकर्मि परिचालन गरिएको छ ।तथापी बन्दकर्ताहरु भने सडकमा देखिएका छैनन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले कुनै अप्रिय घटना हुन नदिन पूणर् व्यवस्थापन भईरहेको जानकारी दिए।यता अत्यवश्यक बस्तु मानिएका पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता माग राखिएकाले जनताले बन्द सफल पार्ने पार्टिले बताएको छ । जनताका मागकै आधारमा बन्द आव्हन गरिएको जनाएको छ ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]