१८ मंसिर २०७८, शनिबार
Close
बिज्ञापन
राशिफल : आज कुन राशि भएकाहरुको भाग्य कस्तो रहला ?

Janata Bulletin बिहिबार, मंसिर ०२, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

मेष : आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् ।

वृष : नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । नयाँ कार्यको थालनी अधुरै रहला । शरीरमा आलस्यता र मानसिक चिन्ता बढ्न सक्छ । चोटपटकको भय र ज्वरो आउन सक्ने सम्भावना अधिक छ ।

मिथुन : मन अशान्त रहनेछ । बाँडफाँडको विवादले साझेदारीमा समस्या निम्ताउने हुँदा एकल प्रयासलाई नै प्राथमिकता दिनु होला । परिवारमा नया खुशी आउनेछ ।

कर्कट : नयाँ कामको प्रस्ताव आउनेछ । कामले जीवनशैली व्यस्त रहनेछ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

सिंह : गरिरहेका कार्यमा सामान्य परिवर्तनको योग रहेको छ । परिवारमा असहज परिस्थितिलाई सहज तुल्याउन तपाईंको अग्रसरता उत्तम रहने छ ।

कन्या : शाहाकारी भोजन गर्दा बुद्धिमानी ठहरिला । उच्च पदमा, प्रतिष्ठामा शुभ फल पाइनेछ । व्यापार-व्यवसायमा त्यति राम्रो देखिने छैन । प्रेम र मित्रताको बन्धनमा दुरी बढ्नसक्नेछ ।

तुला : आमाको स्वास्थ्य कमजोर रहनाले त्यसप्रति चिन्ता बढ्नेछ । शरीरले दुख पाइनेछ र मनमा निराशा छाउन सक्छ । स्टाफ र अन्यकर्मचारीको सहयोग लिँदा काममा हौसला मिल्नेछ ।

वृश्चिक : यात्रा मनोञ्जनपूर्ण देखिएको छ । परिवारिक साथ-सहयोग मनग्यमात्रामा प्राप्त रहनेछ । व्यापार-व्यवसायमा अधिक लगानी नगरेकै नै राम्रो रहनेछ । टाउको तथा आँखाको समस्या पनि बढ्नसक्छ ।

धनु : बौद्धिक व्यक्तित्वहरूको सामु आफु कमजोर भएको महसुस रहनेछ । आफ्नो सामान्य लापरबाहीले तपाईंका माल सामानहरु गुम्न सक्ने सम्भावना रहेको छ ।अरुकोलागि समय खर्चनुपर्ला ।

मकर : व्यवसायमा उतारचढाव आएपनि मिहिनेतले आर्थिक उन्नति हुनेछ । आफन्तमा मतभेद रहनेछ । तार्किक क्षमतामा गिरावट आउनेछ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नुपर्ला ।

कुम्भ : आत्मीयजनसँग बिछोडिनु पर्दा मन दुखित । प्रतिकूल स्वास्थ्यका बाबजुद कामको चाप बढ्नेछ । व्यवहारिक समस्या सुल्झाउन ऋणको बोझ उठाउनु पर्ला। इच्छा तथा आकांक्षाहरू पुरा हुनेछन् ।

मीन : कुनै शुभकर्म गर्नुपूर्व अथवा यात्रामा जानुअघि गणेशजीको स्मरण गर्नाले राम्रो फल मिल्नेछ । घरबाट रिसाएकाहरु सम्पर्कमा नजिकिनेछन् ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]