१८ मंसिर २०७८, शनिबार
Close
बिज्ञापन
६ महिनापछि ‘मेरी बास्सै’मा फर्किइन् ‘चम्सुरी’,फूलमालाले स्वागत

Janata Bulletin बिहिबार, मंसिर ०२, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

काठमाडौं । ‘चम्सुरी’ उपनामले चर्चित कलाकार पल्पसा डंगोल अभिनयमा फर्किएकी छन् । उनी झण्डै ६ महिनापछि हास्य टेलिसिरियल ‘मेरी बास्सै’मार्फत अभिनयमा फर्किएकी हुन् । दुवै मिर्गौला फेल भएर अस्वस्थ भएपछि उनी अभिनयबाट टाढा रहेकी थिइन् ।

मंगलबार प्रसारण ‘मेरी बास्सै’को भाग ७२९ मा दर्शकले पल्पसालाई हेर्न पाएका छन् । स्वास्थ्य अवस्थामा सुधार आएपछि आफू ‘मेरी बास्सै’मा फर्किएको पल्पसाले बताइन् । उनले लामो समयपछि छायाँकन सेटमा पुग्दा आफ्ना आँखा रसाएको सुनाइन् ।

‘लामो समयपछि सेटमा फर्किंदा एकदमै खुशी लाग्यो । खुशीका कारण आँखा रसाए,’ उनले भनिन् । उनलाई छायाँकन सेटमा ‘मेरी बास्सै’ टिमले फूलमालाले स्वागत गरेको थियो ।

पल्पसाले मिर्गौला प्रत्यारोपण गर्न भने बाँकी छ । माघको तेस्रो साता मिर्गाैला प्रत्यारोपण हुने सम्भावना रहेको बताउँदै त्यतिञ्जेल दर्शकले ‘मेरी बास्सै’मा आफूलाई नियमित हेर्न पाउने उनले बताइन् ।

परिवारकै एक जना सदस्यले उनलाई मिर्गौला दिनेछन् । त्यसका लागि सरकारी प्रक्रिया पूरा गर्ने क्रममा रहेको पल्पसाले जानकारी दिइन् । आठ वर्षअघि उनले आफ्नो मिर्गौलाको समस्याबारे उनले थाहा पाएकी थिइन् । त्यसयता परिवारका सदस्यलाई जानकारी नदिई उनले मिर्गौलाको उपचार गराउँदै आएकी थिइन् । तर, गत जेठमा श्वासप्रश्वासमा समस्या आएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन् । चेकजाँचका क्रममा उनको दुवै मिर्गौलाले काम गर्न छाडिसकेका कारण मिर्गौला फेर्नुपर्ने चिकित्सकले बताएका थिए ।

त्यसयता उनले सातामा दुई पटक नियमित डायलाइसिस गराउँदै आएकी छन् । अस्पतालमा झण्डै ३ महिना बिताएपछि स्वास्थ्यमा सुधार भएपछि उनी गत भदौमा डिस्चार्ज भएकी थिइन् । हास्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ उपनामले चिन्दै आएका छन् । थुप्रै टेलिसिरियल, चलचित्र एवं म्युजिक भिडियोमा उनले अभिनय गरेकी छन् ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]