१८ मंसिर २०७८, शनिबार
Close
बिज्ञापन
अर्को वर्षको दशैंमा ‘परदेशी २’

Janata Bulletin बिहिबार, मंसिर ०२, २०७८ मा प्रकाशित

featured photo: Janata Bulletin

हरेक वर्षको दशैंमा फिल्म रिलिज गर्न नेपाली निर्माताहरुबीच ठूलै रस्साकस्सी हुने गरेको छ । दशैंमा लामो विदा हुने भएकाले फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माताहरुमा छ । यसैले हरेक निर्माता दशैंमै फिल्म लगाउन चाहन्छन् । तर, कोरोनाका कारण गत दशैंमा फिल्मै रिलिज भएनन् । यसपटकको दशैंमा फिल्म ‘डाँडाको वर पीपल’ रिलिज भए पनि दर्शकले पत्याएनन् ।

यसपालीको तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूयवंशी’ ले हलमा दर्शक फर्काएपछि भने नेपाली निर्माताहरु जोसिएका छन् । यतिबेला एकपछि अर्को नेपाली फिल्मको प्रदर्शन मिति घोषणा भइरहेको छ । तर, अहिलेसम्म अर्को वर्षको दशैंलाई भनेर कुनै पनि फिल्मले प्रदर्शन मिति घोषणा गरिसकेका छैनन् । फिल्म ‘परदेशी २’ भने अर्को वर्षको दशैंमा प्रदर्शनमा आउने तयारीमा छ ।

निर्माता राजेश वंशलले फिल्मको रिलिजबारे फिल्मीखबरलाई भने- ‘हामीले ‘परदेशी २’ लाई यसै वर्षको दशैंमा प्रदर्शनमा ल्याउने तयारी गरेका थियौं । तर, कोरोनाका कारण छायांकनमा ढिलाइ भएकाले प्रदर्शन गर्न असमर्थ भयौं । फिल्मको कथा नै दशैंसँग जोडिएकाले दशैंमा प्रदर्शन गर्दा राम्रो हुन्छ भन्ने हाम्रो धारणा हो । अर्को वर्षको घटस्थापना वा फूलपातीमा फिल्म प्रदर्शन हुनेछ ।’

नारायण रायमाझीले निर्देशन गरेको यो फिल्म २०१५ मा आएको सुपरहिट फिल्म ‘परदेशी’ को सिक्वेल हो । नेपाल र अमेरिकामा छायांकन भएको यस फिल्ममा प्रकाश सपुत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायतको अभिनय रहेको छ । यही फिल्मबाट गायक सपुतले नायकको रुपमा डेब्यू गर्न लागेका हुन् ।

सुदिप कुँवर मुख्य सहायक निर्देशक रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी र दीर्घ खड्काको सम्पादन छ । निर्देशक रायमाझी पनि निर्माता रहेको फिल्मको कथा रमेश विजीको हो । सुपरहिट फिल्मको सिक्वेल भएकाले दर्शकहरु लामो समयदेखि यो फिल्मको पखाईमा छन् ।

सम्बन्धित

Click Here

About

यो वेवसाइट Www.Janatabulletin.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टिम

          प्रबन्ध निर्देशक : शारदा मरासिनी (सरु)

  •   सम्पादक : रन्जु पाण्डे
  • बजार : जिबन न्यौपाने
  • समाचार : छाया पन्थ 
  • बिक्रम पाण्डे
  • सुजन न्यौपाने
  • बाशुदेव पोख्रेल

    बिशेष आभार  : राजेन्द्र बेल्बासे
    बिशाल बेल्बासे , योगेश भुसाल

सम्पर्क

  • संपर्क : जनता बुलेटिन
  • तिनपा २ रुपन्देही :
  • मोवाइल न 9826459916
    विज्ञापनका लागी सम्पर्क :- 9826459916
  • ईमेल : [email protected]